काठमाडौं । देशमा प्रत्येक चुनावपछि नेतृत्व परिवर्तन भए पनि जनताका आधारभूत आवश्यकता निरन्तर अपूरै भइरहेका छन्। स्थानीयदेखि केन्द्रीय तहसम्मका चुनावमा उम्मेदवारहरू विजयी भइरहे पनि नागरिकले अपेक्षा गरेको परिणाम भने देखिन सकेको छैन। स्थानीय बासिन्दाहरूका अनुसार विद्युत्, खानेपानी, सडक, स्वास्थ्य र शिक्षा जस्ता प्राथमिक सेवाहरू अझै पनि मागेरै लिनुपर्ने अवस्था यथावत छ। स्कुल भवनमा छाना अभाव, […]

नुवाकोट । NRD Entertainment काे आयाेजनामा हुने “Miss & Mrs. Nuwakot 2025” काे लागि आवेदन फाराम खुला भएको छ। आयोजक संस्थाका अनुसार प्रतियोगिताको दोस्रो संस्करणका रूपमा यस वर्षका लागि आवेदन प्रक्रिया सुरु गरिएको हो। गत वर्ष नुवाकोटको विदुरमा सम्पन्न “Miss & Mrs. Nuwakot 2024” सफलतापूर्वक सम्पन्न भएपछि यस वर्षकाे संस्करण अझ उत्साहजनक र व्यवस्थित रूपमा […]

काठमाडौं । तिहारको अवसरमा एक हृदयस्पर्शी दृश्य देखिएको छ । आफ्नै प्रहरी बिटमा कार्यरत प्रहरी दिदिले आफ्ना सहकर्मी भाइहरूलाई टीका लगाउँदै भाइटीका पर्व मनाएकी छिन् । कर्तव्य निर्वाहका क्रममा परिवारदेखि टाढा रहेका प्रहरीहरूलाई यो अवसरमा आफ्नै सहकर्मी दिदिबाट टीका पाउने मौका मिल्दा वातावरण निकै भावनात्मक बनेको थियो । भाइटीकाको रंगीन माहोलसँगै सबैले एकअर्काप्रति माया, सम्मान […]

काठमाडौं । विदेशतिर कमाउन गएका बिपिन पनि कति सपना बुनेका होलान् — उज्यालो भविष्यको, परिवारको खुसीको र एकदिन आफ्नो माटोमा केही गरेर देखाउने आकांक्षाको। तर, ती सबै सपना आज बाकसमा बन्द भएर नेपाल फर्किएका छन्। कति पीडादायी दृश्य! विमानस्थलमा उनका परिवारजनका आँखा रसाएका छन्, बिपिनको शरीर निर्जीव बनेर आफ्नो जन्म भुमिमा फर्किएको छ। विदेशिएका हरेक […]

काठमाडौं, असोज ३ – काठमाडौंको ऐतिहासिक दरबार क्षेत्रभित्र अवस्थित मर्छेन्द्रनाथ (कृष्ण) मन्दिरमा हाल आन्तरिक तथा बाह्य पर्यटकको भीड बढ्दै गएको छ। सांस्कृतिक सम्पदाको रूपमा चिनिने यो तीनतले पगोडा शैलीको मन्दिर पुरातात्त्विक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ। शुक्रराज शाक्यकालमा निर्माण भएको मानिने यो मन्दिर काठमाडौं उपत्यकाको पुरानो वास्तुकला र धार्मिक सहअस्तित्वको प्रतीक हो। मन्दिरको सुन्दर काठका स्तम्भ, […]

नेपाल – सुन्दरता, विविधता र गौरवको देश नेपाल एक प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक विविधताले भरिपूर्ण देश हो। हिमाल, पहाड र तराई मिलेर बनेको यो राष्ट्र संसारकै अनौठो भौगोलिक संरचनामा पर्छ। उत्तरमा विश्वकै अग्लो हिमाल सगरमाथा उभिएको छ भने दक्षिणमा हरियाली तराई फैलिएर बसेको छ। नेपाललाई संसारभरि “गौतम बुद्ध जन्मभूमि” को रूपमा चिनिन्छ। शान्ति, […]

कलेजो मानव शरीर भित्रको सबैभन्दा ठूलो अंग हो। यसमा धेरै महत्त्वपूर्ण कार्यहरू छन्। यसले पित्त उत्पादन गर्छ, रसायनको मिश्रण, जसले पाचनमा मद्दत गर्दछ र खानालाई भाँच्नलाई ऊर्जामा रूपान्तरण गर्न मद्दत गर्दछ। यसले रगतबाट हानिकारक तत्वहरू पनि निकाल्छ र संक्रमणसँग लड्न मद्दत गर्छ। यसले रगत जम्नका लागि महत्त्वपूर्ण रसायनहरू बनाउँछ। यसले फलाम, भिटामिन र अन्य आवश्यक […]

लाङताङ: हिमालको कहानी भन्नाले यस क्षेत्रको सुन्दरता, संस्कृति र प्राकृतिक विशेषतालाई समेट्ने वर्णनलाई बुझिन्छ। यो हिमाल उत्तरमा चीन (तिब्बत) र दक्षिणमा नेपालको बीचमा पर्दछ, जसमा लाङताङ नेशनल पार्क अवस्थित छ। यस क्षेत्रमा पदयात्रा गर्ने क्रममा लाङताङ हिमालका सुन्दर दृश्य, गोसाइँकुण्ड जस्ता पवित्र ताल, र स्थानीय तामङ तथा शेर्पा समुदायको परम्परागत संस्कृति, चाडपर्व र जीवनशैलीको अनुभव […]

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी कारागार फर्केका छन् । जेनजीको प्रदर्शनको क्रममा २४ भदौमा सुन्धारास्थित कारागारबाट निस्केका उनी दुई सातापछि कारागार फर्केका हुन् । रायमाझीसँगै सुन्धारा कारागारबाट मात्रै ३३ सय कैदीबन्दी भागेका थिए । देशभरका कारागारबाट १४ हजार बढी कैदीबन्दी भागेका थिए । करिब आधाजसो कैदीबन्दी अहिले कारागार फर्किसकेका छन् ।

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले शेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम हुने व्यवस्था स्थगित गरेको छ । नेप्सेले गत चैतदेखि धितोपत्र बजारमा २ः४५ बजे देखि ३ः०० बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य हुने व्यवस्था ल्याएको थियो । उक्त व्यवस्था हाललाई स्थगित गरिएको नेप्सेका सूचना अधिकारी मुराहरि […]