काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले दिपावलीसँगै बक्यौता तिर्न अटेर गरेका ६ ठूला उद्योगहरूको बिजुली आपूर्ति बन्द गरेको छ। प्राधिकरणका अनुसार जगदम्बा स्टिल, घोराही सिमेन्ट, रिलायन्स सिमेन्ट, स्पिनिङ मिल, शिवम् सिमेन्ट, अर्गाखाँची सिमेन्ट र त्रिवेणी मिल लगायतका उद्योगहरूको लाइन काटिएको हो। यी उद्योगहरूलाई बक्यौता रकम चुक्ता गर्न २१ दिनको अल्टिमेटम दिइए पनि अटेर गरेपछि प्राधिकरणले कारबाहीस्वरूप […]
जुम्ला – हिमाली जिल्ला जुम्लामा उत्पादन हुने अर्गानिक स्याउ हाल देशभर लोकप्रिय बन्दै गएको छ। रासायनिक मल र विषादी प्रयोग नगरी परम्परागत तरिकाबाट उत्पादन गरिने स्याउको गुणस्तर र स्वादका कारण यसको माग वर्षेनी बढ्दै गएको किसानहरूले बताएका छन्। कर्णाली प्रदेशको उच्च पहाडी क्षेत्रका किसानहरूले अगस्टदेखि असोजसम्म स्याउ टिपाइ सुरु गर्ने गर्छन्। जुम्लाको तातोपानी, सिन्जा, पातारासी […]
काठमाडौं । तिहार नजिकिँदै जाँदा काठमाडौं उपत्यकाको पश्चिमी प्रवेशद्वार थानकोटमा पनि तिहारको रौनक बढ्दै गएको छ। बजारमा किनमेल गर्ने भीड बढेसँगै फूलमाला, दियो, बत्ती, मिठाई र उपहारका पसलहरूमा ग्राहकको घुइँचो लाग्न थालेको छ। व्यापारीहरूका अनुसार देउसी–भैलोका लागि लुगाफाटा, माइक सेट र रंगीन बत्तीको बिक्री गत वर्षको तुलनामा यस वर्ष निकै बढेको छ। घरघरमा सरसफाइ र […]
व्यवसायीले दसैँका लागि काठमाडौं उपत्यकामा ५० हजार खसी–बोका र च्यांग्रा आपूर्तिको व्यवस्था मिलाएका छन् । त्यस्तै, १२ हजार च्यांग्रा उपत्यका भित्रिसकेका छन् भने खसी–बोका दैनिक रूपमा आपूर्ति भइरहेको व्यावसायिक बाख्रापालक महासंघका अध्यक्ष गोविन्द सुवेदीले जानकारी दिए । उनका अनुसार प्युठान, सल्यान, जाजरकोट, रुकुम, रोल्पा, दाङ, बर्दिया, मधेशका आठै जिल्ला हुँदै पूर्वी पहाडी क्षेत्रबाट खसी–बोका काठमाडौं आपूर्ति भइरहेको […]
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले शेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम हुने व्यवस्था स्थगित गरेको छ । नेप्सेले गत चैतदेखि धितोपत्र बजारमा २ः४५ बजे देखि ३ः०० बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य हुने व्यवस्था ल्याएको थियो । उक्त व्यवस्था हाललाई स्थगित गरिएको नेप्सेका सूचना अधिकारी मुराहरि […]






