(फाइल फोटो)
काठमाडौं । डोटीमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। जिल्लाको आदर्श गाउँपालिका–६ रौसेल्ला क्षेत्रमा गएराति करिब १२:३० बजे भएको दुर्घटनामा आदर्श गाउँपालिका–३ काँडीस्याउलेका करिब २२ वर्षीय सुबोध रोकाया र १९ वर्षीय कैलाश बिकको मृत्यु भएको हो।
बिज्ञापन
प्रहरीका अनुसार सु.प.प्र. ०१–००१ च ३९२३ नम्बरको बोलेरो जिप अनियन्त्रित भई घुम्तीबाट तल खसेको थियो। दुर्घटनामा परेका दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ।
बिज्ञापन
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।




प्रतिक्रिया दिनुहोस्