काठमाडौं । रवि लामिछानेमाथि बारम्बार मुद्दा दायर गरिएको विषयलाई लिएर सार्वजनिक बहस तीव्र बनेको छ। चर्चा बटुल्ने उद्देश्यले मुद्दा हाल्ने प्रवृत्ति बढ्दै गएको भन्दै यसप्रति आपत्ति जनाउँदै युवराज सफलमाथि कारबाहीको माग समेत उठ्न थालेको हो।
बिज्ञापन
यस विषयमा अधिवक्ता सरोज घिमिरेले पूर्वाग्रहपूर्ण ढंगले मुद्दा दायर गर्ने प्रवृत्तिले न्याय प्रणालीप्रतिको जनविश्वास कमजोर बनाउने बताएका छन्। उनले वास्तविक पीडितलाई मात्र कानुनी उपचारको अधिकार प्रयोग गर्नुपर्ने उल्लेख गर्दै आधारहीन उजुरीहरू नियन्त्रण गर्न आवश्यक रहेको धारणा राखे।
बिज्ञापन
उनका अनुसार विकसित देशहरूमा प्रमाण नपुगेका वा कमजोर आधारका मुद्दा दायर गर्नेहरूलाई दण्डसहित क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था हुन्छ। तर नेपालमा यस्ता मुद्दाहरूका कारण अदालतमा अनावश्यक चाप बढ्दै गएको उनको भनाइ छ।
अधिवक्ता घिमिरेले रवि लामिछानेमाथि लगाइएका आरोपहरू पर्याप्त रूपमा पुष्टि नभएको दाबी गर्दै केवल मुद्दा दर्ताकै आधारमा कसैको अधिकार कटौती गर्नु न्यायसंगत नहुने बताए।
बिज्ञापन
उनले यदि कुनै मुद्दा पूर्वाग्रही रहेको प्रमाणित भएमा त्यसमा संलग्न व्यक्तिसँगै प्रहरी तथा सरकारी वकिललाई समेत जिम्मेवार बनाउँदै आवश्यक कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।




प्रतिक्रिया दिनुहोस्