काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विषयमा ‘नीति मन्थन’ कार्यक्रम गर्ने भएको छ। पार्टी–संसद–सरकार समन्वय समितिको आयोजनामा कार्यक्रम सञ्चालन हुने जनाइएको हो ।
बिज्ञापन
नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपमा दिउँसो ३ बजेदेखि ६ बजेसम्म हुने कार्यक्रममा विपद् व्यवस्थापन, जलवायु परिवर्तन, मानवीय सहायता तथा स्थानीय तहको भूमिकाबारे गहन छलफल गरिने बताइएको छ ।
बिज्ञापन
कार्यक्रममा प्रमुख वक्ताका रूपमा RAIN परियोजनाका विपद् उत्थानशीलता विशेषज्ञ डा. गौरव सागर दवाडीले प्रशिक्षण दिने कार्यक्रम रहेकोे छ । भने,
त्यस्तै जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. अर्चना श्रेष्ठ, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक राजेश उप्रेती, महिला मञ्चकी कृष्णा कार्की, IDRC का कार्यकारी निर्देशक बिमल गजाल तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) का सह–सचिव अमृत श्रेष्ठ लगायतका टिमहरुलेहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

रास्वपाले कार्यक्रममा विशेष गरी पार्टीका केन्द्रीय विभागीय प्रमुख, पदाधिकारी तथा जिम्मेवार नेताहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन्। पार्टी निर्माण र विपद् व्यवस्थापनसम्बन्धी दीर्घकालीन रणनीतिबारे पार्टीभित्र गम्भीर बहस र समन्वय बढाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताइएको छ ।




प्रतिक्रिया दिनुहोस्