रास्वपाको र्याट विभागको प्रमुखमा बैकुण्ठ थापा ‘आशिष’ नियुक्त

२०८३ बैशाख २७, आईतवार २०:५८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी समन्वय अन्तर्गतको र्याट विभागमा बैकुण्ठ थापा ‘आशिष’लाई प्रमुख जिम्मेवारी प्रदान गरिएको छ । आजदेखि उनले विभागको प्रमुखको रूपमा जिम्मेवारी सम्हाल्ने भएका हुन् ।

बिज्ञापन

पार्टीले उनलाई विभागको प्रमुख पदमा नियुक्त गर्दै हस्तान्तरण गरेको जनाएको छ । सहयोगी, मिलनसार, भद्र तथा शालीन स्वभावका थापा यसअघि पनि विभागमा सक्रिय रहँदै आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्दै आएका थिए ।

बिज्ञापन

र्याट विभागले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो लगायत प्राकृतिक विपद्का समयमा उद्धार तथा राहतका कार्यहरू गर्दै आएको छ । विपद्का घटनामा सक्रिय रूपमा खटिने विभागलाई थप प्रभावकारी बनाउन थापाको नेतृत्वले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

बिज्ञापन
२०८३ बैशाख २७, आईतवार २०:५८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना