राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरि नगर सभापतिमा जनार्दन केसी निर्वाचित

२०८३ जेष्ठ १०, आईतवार २१:२०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरि नगर समितिको पहिलो अधिवेशन सम्पन्न भएको छ। संगठन विस्तार तथा स्थानीय तहमा पार्टीलाई थप सशक्त बनाउने उद्देश्यसहित आयोजित अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो।

बिज्ञापन

अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनबाट जनार्दन केसी चन्द्रागिरि नगर सभापतिमा निर्वाचित भएका छन्। सभापति पदका लागि खसेको कुल २०२ मतमध्ये केसीले १५३ मत प्राप्त गर्दै स्पष्ट बहुमतसहित विजय हासिल गरेका हुन्। उनका प्रतिस्पर्धी मधुकर बस्नेतले ४९ मत प्राप्त गरेका थिए। निर्वाचन प्रक्रिया उत्साहपूर्ण र सौहार्द वातावरणमा सम्पन्न हो।

बिज्ञापन

नयाँ नेतृत्व चयनसँगै पार्टीका नेता तथा कार्यकर्ताले नगरस्तरमा संगठनलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। अधिवेशनमा सहभागी प्रतिनिधिहरूले पार्टीको नीति, संगठन विस्तार, जनसम्पर्क र आगामी राजनीतिक रणनीतिबारे समेत धारणा राखेका थिए।
यस्तै, उपसभापति पदमा करुणा श्रेष्ठ निर्विरोध निर्वाचित भएकी छिन् । भने सचिव पदमा मन्दीरा थापा झिनो मतान्तरले विजयी भएकी हुन् ।

अधिवेशनबाट एक उपसचिव र नौ सदस्यसहित १३ सदस्यीय नयाँ नगर कमिटी चयन गरिएको हो।
नवनिर्वाचित पदाधिकारीहरूले चन्द्रागिरि नगरमा पार्टीलाई जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्दै संगठन सुदृढीकरण, जनसरोकारका विषय उठान तथा सक्रिय राजनीतिक अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

बिज्ञापन
२०८३ जेष्ठ १०, आईतवार २१:२० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना