रसुवा । रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–५ क्षेत्रमा अवैध रूपमा अमेरिकी डलर बोकेर यात्रा गरिरहेका एक व्यक्ति पक्राउ परेका छन्।
बिज्ञापन
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बेत्रावती बजारस्थित पासाङल्हामु सडकखण्डमा काठमाडौंबाट टिमुरेतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ५५५१ नम्बरको यात्रुबाहक बसलाई चेकजाँच गर्ने क्रममा एक यात्रुको साथबाट ४३ हजार अमेरिकी डलर बरामद गरिएको हो।
बिज्ञापन
बरामद गरिएको रकमसहित पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन, ललितपुर पठाइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा धादिङ गंगाजमुना गाउँपालिका–५ निवासी ३० वर्षीय सुशील गुरुङ रहेका छन्।




प्रतिक्रिया दिनुहोस्