सभामुख डिपी अर्याल भोलि मच्छेनारायण मेलामा सहभागी हुने

२०८३ जेष्ठ २५, सोमबार १८:२७

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डिपी अर्याल भोलि बिहान ७ बजे कीर्तिपुरस्थित प्रसिद्ध मच्छेनारायण मेलामा सहभागी हुने कार्यक्रम रहेको छ।
सभामुख अर्यालले मच्छेनारायण मन्दिरमा विशेष पूजाआजा गरी फर्किने कार्यतालिका रहेको सचिवालयले जनाएको छ।

बिज्ञापन

कीर्तिपुरको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मच्छेनारायण मेला जेठ ३ गतेदेखि भव्य रूपमा सञ्चालन भइरहेको छ। प्रत्येक वर्ष आयोजना हुने यस मेलामा काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानबाट श्रद्धालु भक्तजनहरूको उल्लेख्य सहभागिता रहने गरेको छ।

बिज्ञापन

यस वर्षको मेलामा पनि धार्मिक अनुष्ठान, पूजाआजा तथा सांस्कृतिक कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेका छन्।

बिज्ञापन
२०८३ जेष्ठ २५, सोमबार १८:२७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना