काठमाडौं। थानकोट प्रहरी वृत्तमा नयाँ प्रहरी नायब उपरीक्षक (डीएसपी) आएपछि अवैध गतिविधिविरुद्ध प्रहरीको निगरानी र कारबाही तीव्र बनेको छ। यही क्रममा काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार हरि भुर्तेलको घरमा जुवा (तास) खेल भइरहेको गोप्य सूचनाका आधारमा छापा मार्दा ११ जनालाई नियन्त्रणमा लिइएको हो। उनीहरूको साथबाट नगद एक लाख ३५ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
बिज्ञापन
पक्राउ परेकाहरूलाई हाल थानकोट प्रहरी वृत्तको हिरासतमा राखिएको छ भने उनीहरूमाथि जुवा सम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी भइरहेको छ।
बिज्ञापन
थानकोट प्रहरीका अनुसार उक्त स्थानमा लामो समयदेखि जुवा खेलाउने तथा खेल्ने गतिविधि सञ्चालन हुँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। नयाँ डीएसपीको नेतृत्वमा प्रहरी वृत्तले अपराध नियन्त्रण, जुवातास, लागूऔषध कारोबार तथा अन्य अवैध गतिविधिविरुद्ध कडा निगरानी बढाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको थानकोट प्रहरीले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्