रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण आज

२०८३ असार १७, बुधबार ०७:२५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आज आयोजना हुँदैछ।

बिज्ञापन

रास्वपाका अनुसार आज बिहान ११ बजे पार्टीको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई शपथ गराइने कार्यक्रम तय गरिएको छ।

बिज्ञापन

रास्वपाको पहिलो महाधिवेशन असार ७ गतेदेखि सुरु भएको थियो। प्रारम्भिक रूपमा तीन दिनमा सम्पन्न गर्ने योजना रहे पनि सहमतिका लागि भएको छलफलका कारण महाधिवेशन ६ दिनसम्म लम्बिएको थियो।

महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। पार्टी विधानअनुसार बाँकी ५१ जना केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको छ ।

बिज्ञापन
२०८३ असार १७, बुधबार ०७:२५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना