काठमाडौं । सम्माननीय सभामुखले निर्माणाधीन नागढुङ्गा सुरुङमार्गको स्थलगत अनुगमन तथा अवलोकन गर्नुभएको छ।
बिज्ञापन
अनुगमनका क्रममा सभामुखले सुरुङमार्ग निर्माणको प्रगति, गुणस्तर तथा समग्र अवस्थाबारे जानकारी लिनुभएको थियो। साथै, उहाँले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै आयोजना कार्यान्वयनका क्रममा देखिएका समस्या, चुनौती र स्थानीयका सुझावसमेत सुन्नुभएको थियो।
बिज्ञापन
स्थानीयले आयोजनाको शीघ्र सम्पन्नता, निर्माणका क्रममा परेको प्रभाव तथा आवश्यक व्यवस्थापनका विषयमा आफ्ना धारणा राखेका थिए। सभामुखले स्थानीयका गुनासा र सुझावलाई सम्बन्धित निकायसम्म पुर्याई आवश्यक समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ।




प्रतिक्रिया दिनुहोस्