आज देशभर वर्षाको सम्भावना

२०८३ असार १५, सोमबार ०८:२०

काठमाडौं, असार १५ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहने र धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

बिज्ञापन

साथै विभागका अनुसार पहाडी तथा हिमाली भूभागका धेरै स्थान र तराईका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। केही स्थानमा भने भारी वर्षासमेत हुन सक्ने बताएको छ।

बिज्ञापन

काठमाडौं उपत्यकामा दिनभर मौसम बदली रहने तथा दिउँसोपछि र साँझतिर मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ। आज उपत्यकाको अधिकतम तापक्रम करिब २८ डिग्री सेल्सियस र न्यूनतम २१ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ।

साथै मौसमविद्ले वर्षासँगै चट्याङ, हावाहुरी तथा पहिरोको जोखिम बढ्न सक्ने भएकाले नदी–खोला आसपास, पहिरोको जोखिम भएका क्षेत्र तथा कमजोर सडकमार्गमा यात्रा गर्दा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेका छन्।

बिज्ञापन
२०८३ असार १५, सोमबार ०८:२० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना