स्वर्गद्वारीका उपमेयर मिनराज राना मगरको गाडी करिब ३०० मिटर तल खस्यो, उद्धार जारी

२०८३ असार १४, आईतवार १९:११

प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर ५० वर्षीय मिनराज राना मगर सवार गाडी दुर्घटनामा परेको छ। उनले आफैं चलाएको लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेशाल क्षेत्रमा सडकबाट करिब ३०० मिटर तल खसेर रूखमा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता प्रहरी निरीक्षक गणेश ज्ञवालीका अनुसार शनिबार बेलुकी करिब ४:४५ बजे दुर्घटनाबारे स्थानीयबाट सूचना प्राप्त भएको थियो। दुर्घटनाका बेला उपमेयर मगर स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै थिए र गाडीमा उनी एक्लै रहेको खुलेको छ।

बिज्ञापन

प्रहरीका अनुसार उपमेयर मगर गाडीसँगै तल रहेको जानकारी प्राप्त भएको छ। घटनास्थलमा पुगेका सुरक्षाकर्मीले उनको उद्धार गर्ने प्रयास गरिरहेका छन्।

उद्धारका लागि अस्थायी प्रहरी पोस्ट खालबाट प्रहरी सहायक निरीक्षक कृष्णबहादुर केसीको नेतृत्वमा तथा इलाका प्रहरी कार्यालय भृङ्ग्रीबाट प्रहरी निरीक्षक सुजनबाबु विश्वकर्माको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको छ। दुर्घटनास्थल अस्थायी प्रहरी पोस्ट खालबाट करिब ९ किलोमिटर उत्तर–पूर्वमा रहेको प्रहरीले जनाएको छ।

बिज्ञापन
२०८३ असार १४, आईतवार १९:११ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना