बर्दियाबाट लालपुर्जा वितरण अभियान सुरु, २९ भूमिहीन परिवार जग्गाधनी बने

२०८३ असार १९, शुक्रबार ०८:५७

बर्दिया। सरकारले बर्दिया जिल्लाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण अभियानको औपचारिक सुरुवात गरेको छ। अभियानअन्तर्गत बढैयाताल गाउँपालिका–४ का २९ भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण गरिएको हो।

बिज्ञापन

वर्षौंदेखि आफ्नै नाममा जग्गाको स्वामित्व प्राप्त गर्न नसकेका ती परिवारले लालपुर्जा पाएसँगै कानुनी रूपमा जग्गाधनीको मान्यता प्राप्त गरेका छन्। यससँगै उनीहरू बैंकिङ सेवा, सहुलियतपूर्ण ऋण तथा विभिन्न सरकारी सेवामा सहज पहुँच प्राप्त गर्न सक्षम हुने अपेक्षा गरिएको छ।

बिज्ञापन

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयका अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको दीर्घकालीन समस्या समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने उद्देश्यले लालपुर्जा वितरण अभियानलाई थप प्रभावकारी रूपमा अघि बढाइनेछ।

बिज्ञापन
२०८३ असार १९, शुक्रबार ०८:५७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना