काठमाडौंमा ३६.४३० ग्राम हेरोइनसहित तीन जना पक्राउ

२०८३ असार २५, बिहीबार १७:४८

काठमाडौं, असार २५।
लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरले ३६.४३० ग्राम हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।

बिज्ञापन

ब्युरोका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–७ क्षेत्रबाट लागुऔषध हेरोइन ३६.४३० ग्राम, तीन थान मोबाइल फोनसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

बिज्ञापन

पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका–५ घर भएका २६ वर्षीय साहिल दाहाल, ३० वर्षीय राज पोखरेल तथा सुनसरी इटहरी उपमहानगरपालिका–६ घर भएका २८ वर्षीय तुलसी पोखरेल रहेका छन्।

उनीहरू लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

बिज्ञापन
२०८३ असार २५, बिहीबार १७:४८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना