सभामुख अर्यालसहित जनप्रतिनिधिको उपस्थितिमा दहचोकमा वृहत् वृक्षारोपण कार्यक्रम

२०८३ असार २६, शुक्रबार १४:५०

काठमाडौं । केउरानी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा भोलि असार २७ गते शनिबार चन्द्रागिरि नगरपालिका–१, दहचोकस्थित कर्किनी पाटा हरियाली पार्कमा वनदेवी पूजा तथा वृहत् वृक्षारोपण कार्यक्रम आयोजना हुने भएको छ।

बिज्ञापन

बिहान ८ बजेदेखि सुरु हुने कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम तय भएको राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति विनय थापाले जानकारी दिए।

बिज्ञापन

साथै उक्त कार्यक्रममा बागमती प्रदेश सभा सदस्य केशव पोखरेल तथा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी विशेष अतिथिका रूपमा सहभागी हुने बताएका छन् । साथै विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, वन उपभोक्ता, सामाजिक अगुवा तथा स्थानीयवासीहरूको समेत उल्लेखनीय सहभागिता रहने थापाले समष्टि नेपाल मिडियालाई जानकारी दिए।

वन संरक्षण, हरियाली प्रवर्द्धन तथा वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा सामूहिक वृक्षारोपणसँगै वनदेवी पूजा तथा अन्य औपचारिक कार्यक्रमसमेत सञ्चालन गरिने बताए ।

बिज्ञापन
२०८३ असार २६, शुक्रबार १४:५० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना