प्रहरीमाथि पेस्तोल ताक्ने भारतीय नागरिक ब्राउन सुगर र हतियारसहित पक्राउ

२०८३ असार २७, शनिबार १०:३६

रुपन्देही । रुपन्देहीमा प्रहरीमाथि पेस्तोल ताकेर भाग्न खोज्ने एक भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बिज्ञापन

प्रहरीका अनुसार पक्राउ परेका भारतीय नागरिकको साथबाट अवैध लागूऔषध ब्राउन सुगर र पेस्तोल समेत बरामद गरिएको छ। नियमित चेकजाँचका क्रममा प्रहरीले रोक्न खोज्दा उनले प्रहरीमाथि पेस्तोल ताकेर भाग्ने प्रयास गरेका थिए। त्यसपछि प्रहरीले तत्काल नियन्त्रणमा लिएको जनाएको छ।

बिज्ञापन

घटनापछि प्रहरीले उनको साथबाट बरामद गरिएको हतियार र लागूऔषध नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।

बिज्ञापन
२०८३ असार २७, शनिबार १०:३६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना