काठमाडौं। अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो खस्दा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध भएपछि सुरक्षालाई मध्यनजर गर्दै नागढुङ्गा नाकाबाट काठमाडौं प्रवेश तथा बाहिरिने सवारी साधनलाई बीच बाटोसम्म जान नदिई सोही नाकाबाटै फर्काउने व्यवस्था गरिएको छ।
बिज्ञापन
सम्बन्धित निकायले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास जारी राखेको भए पनि तत्काल यातायात सेवा सञ्चालन हुने अवस्था नरहेको जनाइएको छ।
बिज्ञापन
प्रहरी तथा सडक विभागले यस मार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई अत्यावश्यक कामबाहेक यात्रा नगर्न, वैकल्पिक मार्गको जानकारी लिन तथा सम्बन्धित निकायबाट जारी हुने आधिकारिक सूचना पछ्याउन आग्रह गरेका छन्।
लगातारको वर्षासँगै थप पहिरो खस्ने जोखिम रहेकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।




प्रतिक्रिया दिनुहोस्