धरान विद्युत वितरण केन्द्रको गाडी दुर्घटना: चालकसहित दुई कर्मचारीको मृत्यु, एक घाइते

२०८३ असार ३०, मंगलवार १२:०३

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित कोशी लोकमार्गमा विद्युत वितरण केन्द्र धरानको सरकारी गाडी दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

बिज्ञापन

प्रहरीका अनुसार सोमबार राति करिब ११ः४० बजे सेउती पुलबाट करिब २०० मिटर अगाडि तरहरातर्फ उत्तरबाट दक्षिण जाँदै गरेको बा १ ञ १६५१ नम्बरको विद्युत कार्यालय धरानको गाडी अनियन्त्रित भई दुर्घटनामा परेको हो।

बिज्ञापन

दुर्घटनामा गाडी चालक धरान उपमहानगरपालिका–१३ निवासी ३३ वर्षीय बिर्खबहादुर राई र गाडीमा सवार धरान–१६ निवासी ४९ वर्षीय सुमन आचार्य गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएकोमा राति करिब १२ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

प्रारम्भिक जानकारी अनुसार मृतक बिर्खबहादुर राई विद्युत वितरण केन्द्र धरानमा करार चालकका रूपमा कार्यरत थिए भने सुमन आचार्य सोही कार्यालयमा हेल्पर (द्वितीय तह) पदमा कार्यरत कर्मचारी थिए।

बिज्ञापन

दुर्घटनामा घाइते भएका धरान उपमहानगरपालिका–२० निवासी ३२ वर्षीय पवन राई विद्युत वितरण केन्द्र धरानका करार कर्मचारी हुन्। उनको बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार तीव्र गतिका कारण गाडी अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

२०८३ असार ३०, मंगलवार १२:०३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना