चन्द्रागिरि-२ मा असार ३२ गते शक्तिरूपिणी चण्डिका माताको विशेष पूजा र भव्य सिन्दूरे जात्रा हुने ​

२०८३ असार ३०, मंगलवार १०:१०

काठमाडौँ। चन्द्रागिरि नगरपालिका वडा नम्बर २ मा अवस्थित प्रसिद्ध धार्मिक पर्यटकीय स्थलमा यस वर्षको चण्डिका माताको विशेष वार्षिक पूजा तथा भव्य सिन्दूरे जात्राको सम्पूर्ण तयारी पूरा भएको छ। हरेक वर्षको असार महिनामा परम्परागत रूपमा गरिँदै आइएको माता चण्डिकाको विशेष पूजा आराधना यस वर्ष यही असार ३२ गते बिहिबारका दिन हुन लागेको हो।

बिज्ञापन

​चन्द्रागिरि नगरकै ऐतिहासिक एवं धार्मिक पर्यटनको एक साझा र महत्त्वपूर्ण गन्तव्यका रूपमा स्थापित यस मन्दिरमा माता चण्डिकाको पूर्ण कदको विशाल स्वर्ण प्रतिमा स्थापित गरिएको छ। विकट पहाडी थुम्कोमा निर्मित हिमशृङ्खला जस्तो देखिने सुन्दर संरचनामाथि विराजमान सिंहबाहिनी देवीको यो विशाल स्वरूपले यहाँ आउने जो-कोहीलाई आकर्षित गर्ने गरेको छ।
​मन्दिर व्यवस्थापन समितिको अनुसार असार ३२ गते बिहिबारका दिन बिहानैदेखि माताको विशेष पूजा अनुष्ठान सुरु हुनेछ। पूजाको अवसरमा स्थानीय परम्परागत बाजागाजासहित भव्य सिन्दूरे जात्रा निकाल्ने तयारी गरिएको छ। उक्त दिन मन्दिर प्राङ्गणमा हजारौँ भक्तजनहरू एकैसाथ भेला भई माताको दर्शन गर्नुका साथै शक्तिपीठमा बलि चढाउने परम्परा समेत रहेको छ।

बिज्ञापन

​माता चण्डिकाको श्रद्धापूर्वक दर्शन र आराधना गर्नाले चिताएको मनोकामना पूर्ण हुने जनविश्वास रहेको छ। मन्दिर व्यवस्थापन समितिले चन्द्रागिरि नगरवासी लगायत उपत्यका र आसपासका सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई उक्त दिन मन्दिरमा उपस्थित भई दर्शन गरेर पुण्य लाभ लिन हार्दिक आह्वान गरेको छ।

बिज्ञापन
२०८३ असार ३०, मंगलवार १०:१० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना