धादिङबेशीमा संरक्षण मल गोदाम फेला परेको दाबी, जनप्रतिनिधिको मौनताप्रति स्थानीयको प्रश्न

२०८३ असार ३१, बुधबार ०९:४३

धादिङ। धादिङको नीलकण्ठ नगरपालिका–३, धादिङबेशी क्षेत्रमा कालोबजारीका लागि संरक्षण गरिएको आशंकासहित ठूलो परिमाणमा मल गोदाम फेला परेको दाबी गरिएको छ।

बिज्ञापन

स्थानीय समाजसेवी तथा बुद्धिजीवीहरूको एक टोलीले उक्त गोदाम भेटिएको जानकारी दिँदै घटनाको निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूले किसानले मल अभाव झेलिरहेका बेला ठूलो मात्रामा मल गोदाममा लुकाएर राखिएको पाइएमा त्यसको सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कानुनी कारबाही हुनुपर्ने बताएका छन्।

बिज्ञापन

स्थानीयवासीले घटनाबारे जनप्रतिनिधिहरू मौन बसेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले जनप्रतिनिधिले तत्काल घटनाबारे स्पष्ट धारणा सार्वजनिक गरी आवश्यक पहल गर्नुपर्ने माग गरेका छन्।

यद्यपि, मल गोदाममा रहेको मल कालोबजारीका लागि नै राखिएको हो वा वैधानिक रूपमा भण्डारण गरिएको हो भन्ने विषयमा सम्बन्धित सरकारी निकायबाट आधिकारिक पुष्टि हुन बाँकी रहेको छ। प्रहरीले तथा सम्बन्धित निकायले घटनाको छानबिन गरेपछि वास्तविकता सार्वजनिक गरिनेछ।

बिज्ञापन
२०८३ असार ३१, बुधबार ०९:४३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना