काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा आकर्षक तलबमा काम लगाइदिने प्रलोभन देखाएर १८ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
बिज्ञापन
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट करिब १८ लाख रुपैयाँ असुली गरी सम्पर्कविहीन भएका तीन जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
बिज्ञापन
प्रहरीका अनुसार पक्राउ परेका उनीहरूमाथि वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।




प्रतिक्रिया दिनुहोस्