काठमाडौं । काठमाडौं महानगरपालिका–३ महाराजगञ्जस्थित चप्पल कारखाना नजिक भारतीय नम्बर प्लेटको एउटा गाडी, एक ट्याक्सी र तीनवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको छ।
बिज्ञापन
दुर्घटनापछि उक्त सडकखण्डमा केहीबेर सवारी आवागमन प्रभावित भएको थियो। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्य, ट्राफिक व्यवस्थापन तथा सडक सञ्चालनलाई सहज बनाएको थियो।
बिज्ञापन
प्रहरीका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। दुर्घटनामा भएको क्षतिको विवरण तथा मानवीय क्षतिसम्बन्धी थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्