काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित ट्यांग्लाफाँटमा पार्किङमा राखिएको निजी कारमा मंगलबार आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।
बिज्ञापन
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहान करिब ११ः२० बजे बा ५ च ३०३८ नम्बरको निजी कारमा अचानक आगलागी भएको थियो। आगो नियन्त्रणमा लिएपछि चालक सिटमा रहेका एक व्यक्ति जलेको अवस्थामा मृत फेला परेका हुन्।
बिज्ञापन
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार मृतकको हालसम्म पहिचान खुल्न सकेको छैन। घटनाको वास्तविक कारण र मृतकको पहिचान खुलाउने उद्देश्यले प्रहरीले अनुसन्धान अघि बढाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्का उठाएर आगलागीको कारण, मृत्युको प्रकृति तथा अन्य सम्भावित पक्षबारे विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया दिनुहोस्