काठमाडौं । नेपाल राष्ट्र बैंक ले आजका लागि विभिन्न विदेशी मुद्राहरूको बिक्रि दर सार्वजनिक गरेको छ। नेपाली रुपैयाँ बाहेक प्रमुख अन्तर्राष्ट्रिय मुद्राहरूको मूल्य उच्च दरमा कायम रहेको देखिएको छ।
बिज्ञापन
राष्ट्र बैंकका अनुसार,
अमेरिकी डलरको बिक्रि दर १४९ रुपैयाँ २७ पैसा, युरो १७१ रुपैयाँ ९१ पैसा र बेलायती पाउण्ड स्टर्लिङ १९६ रुपैयाँ ९४ पैसा कायम गरिएको छ।
बिज्ञापन
यसैगरी, स्विस फ्र्याङ्क १८६ रुपैयाँ ३५ पैसा, अष्ट्रेलियन डलर ९७ रुपैयाँ ४५ पैसा, क्यानाडियन डलर १०९ रुपैयाँ ८० पैसा र सिङ्गापुर डलर ११० रुपैयाँ ६५ पैसा बिक्रि दर तोकिएको छ।
त्यस्तै, जापानी येन (१० येन) को बिक्रि दर ९ रुपैयाँ ८५ पैसा, चिनियाँ युआन २० रुपैयाँ ५५ पैसा र साउदी रियाल ३९ रुपैयाँ ७८ पैसा कायम गरिएको छ।
बिज्ञापन
राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार अन्य विभिन्न देशका मुद्राहरू पनि सोहीअनुसार अद्यावधिक गरिएको जनाएको छ। विदेशी मुद्रा बजारमा पछिल्लो समय प्रमुख मुद्राहरू बलियो अवस्थामा रहँदा अन्तर्राष्ट्रिय कारोबारमा प्रभाव पर्ने देखिएको छ।




प्रतिक्रिया दिनुहोस्