२० वर्ष कैद सजाय पाएका फरार प्रतिवादी पक्राउ

२०८३ जेष्ठ ६, बुधबार ११:३१

सुनसरी। सुनसरी प्रहरीले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय पाएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले सोमबार इटहरी उपमहानगरपालिका–७ निवासी ४९ वर्षीय दिनेश चौधरीलाई पक्राउ गरेको हो।

बिज्ञापन

सुनसरी जिल्ला अदालतको मिति २०७८/०९/२३ गतेको फैसला अनुसार मुद्दा नं. ०७७–CI–०३७२ मा उनलाई २० वर्ष कैद सजाय तोकिएको थियो। सजाय भुक्तान गर्न बाँकी रहेका चौधरी फरार अवस्थामा रहेका थिए।

बिज्ञापन

प्रहरीले उनलाई आफ्नै घरबाट पक्राउ गरेको जनाएको छ।

बिज्ञापन
२०८३ जेष्ठ ६, बुधबार ११:३१ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना