काठमाडौं, देशभरका विभिन्न जिल्लामा बाढी, पहिरो, सडक मर्मत तथा प्रतिकूल मौसमका कारण प्रमुख राजमार्गका विभिन्न खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले आज बिहान ७:०० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध रहेको तथा केही स्थानमा एकतर्फी सञ्चालनमा आएको जनाएको छ।
बिज्ञापन
प्रहरीका अनुसार कोशी प्रदेश अन्तर्गत भोजपुर, इलाम र तेह्रथुमका सडक खण्डमा पहिरो तथा बाढीका कारण अवरोध भए पनि हाल ती क्षेत्रमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।
बिज्ञापन
बागमती प्रदेशमा भने केही सडक अझै पूर्ण रूपमा बन्द छन्। काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण सवारी सञ्चालन रोकिएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४ अन्तर्गत कुलखानी–फाखेल–फर्पिङ–काठमाडौं सडकखण्ड सडक मर्मतका कारण पूर्ण रूपमा बन्द रहेको छ। उक्त सडक यसै महिनाको २५ गतेसम्म बन्द रहने जनाइएको छ।
यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित नेपाल–चीन जोड्ने मितेरी पुल मर्मतका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ। सिन्धुपाल्चोकको बलेफी नगरपालिका–८ महभीर क्षेत्रमा अरनिको राजमार्ग पनि अविरल वर्षापछि पूर्ण रूपमा अवरुद्ध भएको छ।
बिज्ञापन
यसैबीच, काभ्रेको रोशी गाउँपालिका–११ स्थित क्षेत्रमा रहेको बी.पी. राजमार्ग भने एकतर्फी रूपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
लुम्बिनी प्रदेश अन्तर्गत अर्घाखाँचीको पाणिनी गाउँपालिका–३ दुड्खोला क्षेत्रमा पहिरोका कारण सालझण्डी–ढोरपाटन सडकखण्ड प्रभावित बने पनि हाल एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।
नेपाल प्रहरीले वर्षायाममा यात्रा गर्दा सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।




प्रतिक्रिया दिनुहोस्