NCFN विवाद थप चर्कियो : आर्थिक अनियमितता आरोपमा ललितपुर प्रशासनमा निवेदन, कानुनी प्रक्रियाको थालनी

२०८३ जेष्ठ ५, मंगलवार १०:३३

काठमाडौं । नेपाल राष्ट्रिय मण्डलि सङ्गती (NCFN) भित्र देखिएको विवाद अब कानुनी तहसम्म पुगेको छ। यसअघि संस्थाभित्र आर्थिक अपारदर्शिता, विधान विपरीत गतिविधि र नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाउँदै सार्वजनिक भएको विवादमा अब औपचारिक रूपमा छानबिन माग गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरमा निवेदन दर्ता भएको छ।

बिज्ञापन

यसअघि प्रकाशित समाचारमा संस्थाभित्र आर्थिक अनियमितता, निर्णय प्रक्रियामा एकलौटीपन तथा सदस्यहरूलाई बेवास्ता गरिएको आरोप सार्वजनिक भएको थियो। त्यही विषयलाई थप पुष्टि गर्दै हाल दर्ता गरिएको निवेदनमा संस्थाका केही पदाधिकारीले संस्थाको रकम प्रयोग, आन्तरिक निर्णय तथा संस्था सञ्चालनमा गम्भीर अनियमितता गरेको आरोप लगाइएको छ।

बिज्ञापन

प्राप्त निवेदनमा संस्थाको विधान र कानुनी प्रक्रिया मिचेर गतिविधि सञ्चालन गरिएको, सदस्यहरूलाई जानकारी नदिई आर्थिक निर्णय गरिएको तथा संगठनलाई व्यक्तिगत स्वार्थअनुसार चलाइएको दाबी गरिएको छ। निवेदकले संगठनको आर्थिक कारोबार, निर्णय प्रक्रिया तथा जिम्मेवार पदाधिकारीहरूको भूमिकामाथि निष्पक्ष छानबिन गर्न प्रशासनसमक्ष माग गरेका छन्।


निवेदनमा उल्लेख गरिएअनुसार विवादित गतिविधिबारे प्रमाण संकलन सुरु भइसकेको छ भने सम्बन्धित निकायमार्फत थप कानुनी प्रक्रिया अघि बढाउने तयारी समेत गरिएको छ। स्रोतका अनुसार आवश्यक परे संस्थाका जिम्मेवार व्यक्तिविरुद्ध प्रचलित कानुनअनुसार उजुरी, छानबिन तथा कारबाही प्रक्रिया अगाडि बढाइनेछ।

ललितपुर प्रशासनमा निवेदन दर्ता भएसँगै अब NCFN भित्रको विवाद केवल आन्तरिक असन्तुष्टिमा सीमित नरही औपचारिक कानुनी प्रक्रियामा प्रवेश गरेको देखिएको छ। यस घटनाले संस्था तथा साे सँग आबद्ध कर्मचारीहरूको पारदर्शिता, जवाफदेहिता र आन्तरिक सुशासनमाथि समेत प्रश्न उठाएको छ।

बिज्ञापन
२०८३ जेष्ठ ५, मंगलवार १०:३३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना