काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आज बबरमहलमा आयोजना गरेको सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा राष्ट्रिय कार्यशाला गोष्ठीको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका छन्।
बिज्ञापन
कार्यशालाको उद्घाटन गर्दै अध्यक्ष ओलीले पार्टी संगठनलाई अझ सुदृढ, सक्रिय र जनमुखी बनाउन सदस्यता नवीकरण तथा विस्तार अभियानलाई प्रभावकारी ढंगले सञ्चालन गर्न निर्देशन दिएका छन्। उनले पार्टीको सांगठनिक मजबुतीका लागि कार्यकर्ताहरूको सक्रिय भूमिका आवश्यक रहेको बताए।
बिज्ञापन
प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि अध्यक्ष ओली पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन्।
कार्यशालामा देशभरबाट आएका पार्टीका केन्द्रीय सदस्य, प्रदेश तथा जिल्ला तहका नेताहरूको सहभागिता रहेको छ। कार्यक्रममा सदस्यता व्यवस्थापन, संगठन विस्तार तथा आगामी राजनीतिक रणनीतिबारे छलफल हुने एमालेले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्