काठमाडौं,
देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौंसहित अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने तथा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बिज्ञापन
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। पहाडी तथा हिमाली भूभागमा वर्षाको सम्भावना बढी रहने जनाइएको छ।
बिज्ञापन
काठमाडौं उपत्यकामा दिउँसोदेखि साँझसम्म वर्षा हुने सम्भावना रहेको छ। वर्षासँगै चट्याङ, हावाहुरी तथा कमजोर भूभागमा पहिरो जाने जोखिम रहेकाले आवश्यक सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।
लगातारको वर्षाका कारण नदी–खोला आसपासका बासिन्दा, यात्रु तथा पहाडी सडक प्रयोग गर्नेहरूले विशेष सतर्कता अपनाउन मौसमविद्को आग्रह छ। साथै शहरी क्षेत्रमा डुबान र ग्रामीण क्षेत्रमा पहिरोको जोखिम रहेकाले स्थानीय प्रशासनका सूचनालाई समेत ध्यान दिन अनुरोध गरिएको छ।




प्रतिक्रिया दिनुहोस्