काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जीवनभर बालबालिका र युवाको हितका लागि काम गरेको आफूलाई आज बालबालिका हत्या गरेको आरोप लगाइनु गलत र आपत्तिजनक भएको बताएका छन्। झापाको गौरीगञ्जमा स्थानीय मतदातासँग भएको छलफल कार्यक्रममा अध्यक्ष ओलीले भदौ २३ र २४ गते भएको ‘जेन–जी’ आन्दोलनका क्रममा आपराधिक तत्वहरू घुसेर तोडफोड र विध्वंस मच्चाएको दाबी गरे। […]
काठमाडौँ । ललितपुरमा एक ८३ वर्षीय वृद्धको हत्या भएको घटनाले स्थानीय क्षेत्रमा त्रास फैलाएको छ। प्रहरीका अनुसार ललितपुरका गर्जमान थापा मृत अवस्थामा फेला परेका हुन्। प्रहरी अनुसन्धानका अनुसार थापाको हत्या चोरीको उद्देश्यले गरिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ। घटनापछि उनको शव बोरा भित्र हालेर नजिकैको कुण्डोमा फालिएको अवस्थामा फेला परेको थियो। स्थानीयले कुण्डोभित्र शंकास्पद बोरा देखेपछि […]
झापा । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापामा मतदातासँग भेटघाट तथा छलफल गरेका छन्। चुनावी अभियानको क्रममा ओलीले विभिन्न स्थानमा पुगेर स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गरेका हुन्। भेटघाटका क्रममा अध्यक्ष ओलीले देशको समसामयिक राजनीतिक अवस्था, विकास निर्माण, सुशासन र आगामी दिनमा एमालेले अघि बढाउने नीति तथा कार्यक्रमबारे आफ्नो धारणा राखेका थिए। […]
काठमाडौं । नेपालमै एसेम्बल गरिएको १४ सिटे विद्युतीय चारपाँग्रे सवारी (बस) आइतबार माघ २५ गतेदेखि सडकमा परीक्षणका लागि गुड्ने भएको छ। सुन्दर अटो इन्जिनियर प्रालिले निर्माण गरेको उक्त सवारीको काठमाडौंमा पहिलोपटक सडक परीक्षण हुन लागेको हो। कम्पनीका अध्यक्ष भेष थापाका अनुसार नेपालमै एसेम्बल गरिएको यो चारपाँग्रे विद्युतीय सवारी देशकै लागि नयाँ प्रयास हो। आइतबारदेखि सडक […]
काठमाडौँ । क्षेत्र नम्बर १० ले विगतका निर्वाचनहरूमा थुप्रै वाचा सुन्दै आएको छ। धेरै अनुहार देखिएका छन्, तर हरेक चुनावपछि उही कथा दोहोरिँदा जनतामा निराशा पनि उत्तिकै बढ्दै गएको छ। बोली र व्यवहारबीचको दूरी, घोषणापत्र र कार्यान्वयनबीचको असमानताले यस क्षेत्रका मतदातालाई अब फरक विकल्प खोज्न बाध्य बनाएको छ। यही निराशा, मौन चाहना र वास्तविक परिवर्तनको […]
काठमाडौं । राष्ट्रिय मुक्ति आन्दोलन नेपालका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ८ का उम्मेदवार सरोज पाख्रिनले समग्र विकास, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राख्दै आफ्ना प्रतिबद्धताहरू सार्वजनिक गरेका छन्। उनले जनताको आधारभूत आवश्यकतादेखि रोजगारी, शिक्षा र अल्पसंख्यक अधिकारसम्मका विषयलाई प्राथमिकतामा राख्ने बताएका छन्। उम्मेदवार पाख्रिनका अनुसार काठमाडौं–८ का प्रत्येक बस्तीमा स्वच्छ खानेपानी, बिजुली बत्ती, गुणस्तरीय सडक […]
काठमाडौँ । आसन्न निर्वाचन नजिकिँदै जाँदा काठमाडौँ क्षेत्र नम्बर १० का उम्मेदवार तथा युवा व्यवसायी प्रदीप बिष्ट जनताको घरदैलो अभियानमा सक्रिय देखिएका छन्। आज चन्द्रागिरी नगरपालिका वडा नम्बर ४ मा आयोजित घरदैलो अभियानका क्रममा स्थानीय जनताले बिष्टप्रति ठूलो भरोसा र आशा व्यक्त गरेका छन्। घरदैलो अभियानका क्रममा स्थानीयवासीहरूले “अब हाम्रो आशा र भरोसा घन्टी चिन्ह […]
बर्दिबास,। लोकगीत समयको साक्षी हो । यसले हाँसो मात्रै होइन, पीडा बोकेको हुन्छ । उत्सव मात्रै होइन, बिछोडको कथा पनि बोकेको हुन्छ । यही कथाको एउटा नयाँ अध्याय हो‘फूल खसिगो, माया बसिगो’ । लोक तथा दोहोरी संगीतको यात्रामा दशकौँदेखि अविचलित गायक बेल बहादुर परियारले सार्वजनिक गरेको यो गीत केवल एउटा म्युजिक भिडियो होइन ; यो […]
उदयपुर सिमेन्ट उद्योग (गैंडा सिमेन्ट) मा कार्यरत रहँदा १२ करोडदेखि ४६ करोड रुपैयाँसम्मको अनियमितता र भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व महाप्रबन्धकसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले पूर्व जीएम सुरेन्द्र पौडेल, सोही समयका निमित्त महाप्रबन्धक नवल किशोर साह, नायव महाप्रबन्धक महेश काफ्ले, उत्पादन महाशाखा प्रमुख सञ्जयकुमार लाल, भण्डार महाशाखा […]
काठमाडौं । दिपेश श्रेष्ठ। राजनीति पद र पहुँचको खेल मात्र होइन, जनताको दुःख–सुख बुझ्ने संवेदनशील जिम्मेवारी हो भन्ने मान्यताका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) बाट क्षेत्र नं. १० मा उम्मेदवार बनेका प्रदीप विष्ट आज मतदातामाझ फरक पहिचान बनाउँदै अघि बढिरहेका छन्। स्वतन्त्र सोच, स्वच्छ छवि र समाजसेवामा आधारित जीवन यात्राका कारण उनी आम नागरिकका लागि […]










