काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा आज ठूलो संख्यामा युवाहरू प्रवेश गरेका छन्। काठमाडौँको केन्द्रिय पार्टी कार्यालय वनस्थलीमा आयोजित पार्टी प्रवेश कार्यक्रम सामाजिक अभियन्ता, व्यवसायी तथा विभिन्न पेशाका व्यक्तिहरूको सहभागितासहित पार्टी प्रवेश सम्पन्न भएको हो। कार्यक्रममा सामाजिक अभियन्ता तथा सबल युवा व्यवसायी अजय श्रेष्ठ नेतृत्वको समूह बाजा–गाजासहित उपस्थित हुँदै रास्वपामा औपचारिक रूपमा प्रवेश गरेको थियो।वातावरण […]
काठमाडौं । ७७औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवस आज विभिन्न कार्यक्रमहरूमार्फत मनाइँदैछ। १९४८ डिसेम्बर १० का दिन संयुक्त राष्ट्रसंघले मानव अधिकारको सार्वभौम घोषणा– UDHR अनुमोदन गरेको स्मरणमा हरेक वर्ष यो दिवस मनाइने गरिन्छ। यस वर्षको दिवस मानव अधिकारको संरक्षण, समानता, न्याय र सम्मान सुनिश्चित गर्ने प्रतिवद्धतासहित विभिन्न संघ–संस्था, सरकारी निकाय तथा नागरिक समाजले गोष्ठी, र्याली तथा […]
काठमाडौं । आज देशभरको मौसम सामान्यतया रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकामा बिहानैदेखि हल्का कुहिरोसहित चिसो महसुस भए पनि दिउँसोदेखि आकाश साफ हुँदै तापक्रम क्रमशः वृद्धि हुने अनुमान गरिएको छ। उपत्यकामा बिहान करिब ७ डिग्री सेल्सियस तापक्रम रहेकाले चिसो बढी अनुभूति भए पनि दिउँसो १८–२० डिग्री सम्म पुग्ने देखिएको छ। हावापानी […]
काठमाडौं । युरोपेली युनियन (EU) ले बेल्जियमको राजधानी ब्रसेल्समा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालका तीन स्थानीय सरकारका शीर्ष प्रतिनिधिहरूको सहभागिता रहेको छ। चन्द्रागिरि नगरपालिका, काठमाडौं महानगरपालिका र वीरेन्द्रनगर नगरपालिकाबाट संयुक्त प्रतिनिधिमण्डल उक्त सम्मेलनमा सहभागी भएको हो। चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोल तथा वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया खड्कासहितको टोली यस अन्तर्राष्ट्रिय […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा) पर्वतको फलेवास नगर समितिको पदपूर्ति कार्य सम्पन्न भएको छ। नवगठित समितिमा विष्णु प्रसाद रिजाल सभापति, डिल्लीराम भुषाल उपसभापति तथा बम प्रसाद शर्मा सचिवमा चयन भएका छन्। सो समितिमा गरी नौ सदस्यीय संरचना पूर्ण गरिएको पार्टीले जनाएको छ। त्यसकै साथै, फलेवास नगरभित्रका तीन वटा वडा तदर्थ समिति पनि निर्माण कार्य […]
काठमाडौँ । काठमाडौँको सिनामंगलमा एक प्रहरी असई पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेका छन्। ब्रेन ट्युमरको उपचार गराइरहेका शिशुको स्वास्थ्य अवस्थालाई लिएर दुवै दम्पतीबीच निरन्तर तनाव हुँदै आएको प्रहरीले जनाएको छ। परिवारजनका अनुसार उपचारका क्रममा श्रीमती कृष्णा कुँवरसँग विवाद बढेपछि उत्पन्न तनावकै बीच असई कार्कीले घाँटी थिचेर शिशुको हत्या गरेका हुन्। दुवै पति–पत्नी […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले बागमती प्रदेशस्तरीय विस्तारित बैठक आज जोरपाटीस्थित बाँसुकी दरबार पार्टी प्यालेसमा जारी रहेको छ। बैठकमा पार्टीका उपसभापति डीपी अर्याल, केन्द्रीय सदस्यहरू, विभागीय प्रमुख तथा सदस्यहरू, प्रदेश, जिल्ला, नगर र वडा कमिटीका नेता–कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको छ। कार्यक्रममा पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्यले नेतृत्व विकास तथा लिडरशिप एकेडेमी सम्बन्धी विषयमा विस्तृत प्रस्तुति […]
काठमाडौ । नेपाल सितोरियो कराँतेका बरिस्ठ प्रशिक्षक तथा अन्तर्राष्ट्रिय कराँते रेफ्रि राजेन्द्र कुमार ओझा तारकेश्वर नगरपालिका काठमाडौबाट सम्मानित भएको छ । खेल तारकेश्वरकाे सन्देश एकताको नारालाई अगाडि बढाउदै मंसिर १३ देखि २० गतेसम्म अायाेजना रहेको चाैथाे तारकेश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता शनिबार सम्पन्न भएसँगै उक्त समारोहमा कराँतेका बरिस्ठ प्रशिक्षक राजेन्द्रलाई नगरपालिकाबाट सम्मान गरिएकाे हाे […]
काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा व्यापक अनियमितता भएको निष्कर्षसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले आइतबार दायर गरेको मुद्दामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्री स्व. पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य, दीपक चन्द्र अमात्य तथा तत्कालीन अर्थमन्त्री रामशरण महतलाई […]
काठमाडौँ। बालाजु–बाइपास सडक दिनभर स्थानीयवासीको अवरोधपछि रातिको समयमा पिच कार्य तीव्र गतिमा अघि बढाइएको छ। दिनभर रोकिएको सडक स्तरोन्नति र पिच कार्यक्रमलाई निरन्तरता दिन प्राविधिक टोली राति नै खटिएका छन्। यसबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित काठमाडौँ महानगरपालिका–१६ की महिला वडाध्यक्ष अधिवक्ता रोजिना श्रेष्ठ स्वयं फिल्डमा उपस्थिति जनाउँदै निर्माणको प्रगति अनुगमन गरिरहेकी छन्। उनले […]











