काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रिहा हुँदैछन् । उनको रिहाइलाई अर्थपूर्ण र व्यवस्थित बनाउन पार्टीले विभिन्न चरणका कार्यक्रम तय गरेको छ । रास्वपाका प्रवक्ता मनिष झाले यसबारे जानकारी दिएका हुन् । प्रवक्ता झाका अनुसार शुक्रबार बिहान ७ बजेर ५५ मिनेटको उडानमार्फत नख्खु कारागार प्रशासनले लामिछानेलाई रूपन्देही लैजानेछ । रूपन्देही […]

काठमाडौँ । चर्चित पत्रकार राजिव खत्री आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। पार्टी प्रवेश कार्यक्रम काठमाडौँको वनस्थली–चमतीस्थित रास्वपाको केन्द्रीय पार्टी कार्यालय (घण्टीघर) मा सम्पन्न भएको हो। कार्यक्रममा रास्वपाका शुभचिन्तक, शुभेच्छुक तथा ‘घण्टी’ प्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। केन्द्रीय कार्यालय परिसरमा देखिएको बाक्लो उपस्थितिले पार्टीप्रति बढ्दो जनआकर्षणलाई प्रतिबिम्बित गरेको सहभागीहरूले बताएका छन्। कार्यक्रममा […]

रूपन्देही । नेकपा एमाले रूपन्देहीका जिल्ला सचिव तथा पूर्व मेयर चित्र कार्की सहित सयौँ नेता–कार्यकर्ताले एमाले पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्। उनीहरू औपचारिक रूपमा रास्वपामा प्रवेश भएका हुन्। पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सहभागी युवाहरूले नेकपा एमालेको वर्तमान नेतृत्वप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे। उनीहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि विगतका […]

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसा र युद्धका माध्यमबाट भएका राजनीतिक परिवर्तनहरू स्वीकार गर्न नसकिने बताएका छन्। शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित पार्टीको एघारौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार नै हिंसाको पृष्ठभूमिबाट बनेको आरोप लगाए। उनले त्यस्तो प्रक्रियाबाट बनेको सरकारलाई एमालेले न स्वीकृत गर्ने र न भविष्यमा स्वीकार्ने स्पष्ट […]

नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोट जिल्लाले जिल्ला विस्तारित बैठक सञ्चालन गरेको छ। जिल्लाको होटल सनराइजमा जारी उक्त बैठकमा पार्टीको आगामी रणनीति तथा संगठन विस्तारसम्बन्धी विषयमा छलफल भइरहेको छ। बैठकमा जिल्ला सभापति रामेश्वर गजुरेलले पार्टीको भावी रणनीति, संगठन सुदृढीकरण तथा आगामी दिनमा नुवाकोट जिल्लामा रास्वपाको भूमिकालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा विस्तृत प्रतिवेदन प्रस्तुत […]

काठमाडौं । भिजिट भिसा अनियमितता प्रकरणमा पक्राउ परेका विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन सहसचिव तीर्थराज भट्टराईको थुनछेक बहस विशेष अदालतमा सकिएको छ। बहसपछि अदालतले भट्टराईलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्दै बाहिरैबाट मुद्दा लड्न अनुमति दिएको हो। अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य नारायणप्रसाद पौडेल रहेको इजलासले उनीमाथिको मुद्दा पुर्पक्षका लागि थुनामा राखिराख्न आवश्यक नदेखिएको भन्दै धरौटीमा […]

काठमाडौं । नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशन नजिकिँदै गर्दा सभापति पदमा रोचक प्रतिस्पर्धा सुरु भएको छ। यसअघि नै सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका महामन्त्री गगन थापाविरुद्ध डा. चन्द्र भण्डारीले पनि औपचारिक रूपमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत पुस २६ देखि २८ गतेसम्म हुने महाधिवेशनका लागि आफू सभापति पदमा उम्‍मेवार बन्ने जानकारी […]

ललितपुर । ललितपुरस्थित युएन पार्क नजिक आज पाँच वटा सवारीसाधन आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। रौतहटको गौर निवासी ४५ वर्षीय राजिव सिन्हाको उपचारको क्रममा निधन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिएका छन्। उनका अनुसार बा ५१ प ९५६९ नम्बरको स्कुटर चलाइरहेका सिन्हा दुर्घटनामा गम्भीर घाइते भएका […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा आज ठूलो संख्यामा युवाहरू प्रवेश गरेका छन्। काठमाडौँको केन्द्रिय पार्टी कार्यालय वनस्थलीमा आयोजित पार्टी प्रवेश कार्यक्रम सामाजिक अभियन्ता, व्यवसायी तथा विभिन्न पेशाका व्यक्तिहरूको सहभागितासहित पार्टी प्रवेश सम्पन्न भएको हो। कार्यक्रममा सामाजिक अभियन्ता तथा सबल युवा व्यवसायी अजय श्रेष्ठ नेतृत्वको समूह बाजा–गाजासहित उपस्थित हुँदै रास्वपामा औपचारिक रूपमा प्रवेश गरेको थियो।वातावरण […]

काठमाडौं । ७७औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवस आज विभिन्न कार्यक्रमहरूमार्फत मनाइँदैछ। १९४८ डिसेम्बर १० का दिन संयुक्त राष्ट्रसंघले मानव अधिकारको सार्वभौम घोषणा– UDHR अनुमोदन गरेको स्मरणमा हरेक वर्ष यो दिवस मनाइने गरिन्छ। यस वर्षको दिवस मानव अधिकारको संरक्षण, समानता, न्याय र सम्मान सुनिश्चित गर्ने प्रतिवद्धतासहित विभिन्न संघ–संस्था, सरकारी निकाय तथा नागरिक समाजले गोष्ठी, र्याली तथा […]