गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका–६ साहाघरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। प्रहरीका अनुसार मदिरा सेवन गरेको अवस्थामा श्रीमान–श्रीमतीबीच विवाद हुँदा ४५ वर्षीय थमन बहादुर कुँवालले आफ्नी ४३ वर्षीया श्रीमती एनी कुँवालमाथि कुटपिट गरेका थिए। गम्भीर घाइते भएकी एनीको उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि आरोपी थमन बहादुर कुँवाललाई […]

नुवाकोट । बेलकोटगढी नगरपालिका–८, जिलिङस्थित कल्याणीदेवी माध्यमिक विद्यालय ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा शतप्रतिशत नतिजा हासिल गर्दै उत्कृष्ट सफलता हात पारेको छ। विद्यालयबाट परीक्षामा सहभागी सबै २६ जना विद्यार्थी उत्तीर्ण भएका हुन्। विद्यालयका प्रधानाध्यापक बुद्धिप्रसाद पुडासैनी का अनुसार विद्यालयले गत वर्ष पनि नगरपालिकाभित्र उत्कृष्ट नतिजा ल्याएको थियो भने यस वर्ष समेत सो उपलब्धिलाई […]

काठमाडौं । बालेन शाह नेतृत्वमा सरकार गठन भएपछि समाज कल्याण परिषदअन्तर्गत भृकुटीमण्डपस्थित सटर, हल तथा भवन भाडामा लिएकाहरूबाट बक्यौता रकम असुली गर्ने प्रक्रिया तीव्र बनाइएको छ। यसक्रममा विभिन्न व्यक्ति तथा संस्थाले लामो समयदेखि बाँकी रहेको रकम बुझाउन थालेका छन्। परिषद्का अनुसार रिपोर्टर्स क्लबका लागि भवन भाडामा लिएका पत्रकार ऋषि धमलाले बक्यौता रकममध्ये २० लाख रुपैयाँ […]

काठमाडौं । नेपाली इसाई समुदायका लागि नेपालकै पहिलो बाइबल तालिम केन्द्र स्थापना गर्ने उद्देश्यले विभिन्न दातृ संस्था तथा व्यक्तिहरूको आर्थिक सहयोगमा खरिद गरिएको काठमाडौं ,जाेरपाटी ४,स्थित कित्ता नं. ४(घ), प्लट नं. ११ को जग्गा अन्ततः सम्बन्धित संस्थालाई हस्तान्तरण नगरी गोप्य रूपमा राष्ट्रिय मण्डली सङ्गति नेपाल (NCFN) लाई बिक्री गरिएको तथ्य बाहिर आएको छ। उक्त जग्गा […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी समन्वय अन्तर्गतको र्याट विभागमा बैकुण्ठ थापा ‘आशिष’लाई प्रमुख जिम्मेवारी प्रदान गरिएको छ । आजदेखि उनले विभागको प्रमुखको रूपमा जिम्मेवारी सम्हाल्ने भएका हुन् । पार्टीले उनलाई विभागको प्रमुख पदमा नियुक्त गर्दै हस्तान्तरण गरेको जनाएको छ । सहयोगी, मिलनसार, भद्र तथा शालीन स्वभावका थापा यसअघि पनि विभागमा सक्रिय रहँदै आफ्नो जिम्मेवारी प्रभावकारी […]

काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विषयमा ‘नीति मन्थन’ कार्यक्रम गर्ने भएको छ। पार्टी–संसद–सरकार समन्वय समितिको आयोजनामा कार्यक्रम सञ्चालन हुने जनाइएको हो । नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपमा दिउँसो ३ बजेदेखि ६ बजेसम्म हुने कार्यक्रममा विपद् व्यवस्थापन, जलवायु परिवर्तन, मानवीय सहायता तथा स्थानीय तहको भूमिकाबारे गहन छलफल गरिने बताइएको […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । विभागका अनुसार देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा […]

काठमाडौं । प्रतिनिधि सभाका सांसद महाविर पुन ले शनिबार काठमाडौंको चन्द्रागिरि वार्ड ४ अन्तर्गत बाबा पेट्रोल पम्पको प्राङ्गणमा पुस्तक बिक्री गरेको छ। हाईकर ग्रुपका अध्यक्ष प्रसन्न गोपालीको अध्यक्षता तथा जेसिस एवं स्थानीय सामाजिक संघसंस्थाको निमन्त्रणामा पुन उक्त क्षेत्रमा पुगेका हुन्। पुस्तक खरिदका लागि स्थानीय बासिन्दा, युवायुवती तथा विभिन्न पेशामा आबद्ध व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो। […]

काठमाडौं । नेपालको सर्वोच्च अदालतमा नयाँ प्रधान न्यायाधीश नियुक्तिसँगै यतिबेला राजनीतिक तथा सामाजिक वृत्तमा व्यापक बहस भइरहेको छ। विशेषगरी केही राजनीतिक दलका समर्थकहरूले न्यायाधीश नियुक्तिमा वरियताक्रम मिचिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। तर, न्यायालयजस्तो संवेदनशील संस्थामा केवल सेवा अवधिको आधारभन्दा पनि कार्यसम्पादन, क्षमता, निष्पक्षता र संस्थागत योगदानलाई प्राथमिकता दिनु आवश्यक रहेको मत बलियो रूपमा उठ्न […]

सर्लाही । सर्लाही जिल्लाको हरिपूर्व नगरपालिका–५ खिलास्थित सडकखण्डमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार ग १ ख ७६५६ नम्बरको यात्रुबाहक बसले ना ४८ प ४०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका–११ कान्तिबजार बस्ने वर्ष ३६ का पप्पु भन्ने श्याम ठाकुर […]