काठमाडौं । आज देशभरको मौसम सामान्यतया रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकामा बिहानैदेखि हल्का कुहिरोसहित चिसो महसुस भए पनि दिउँसोदेखि आकाश साफ हुँदै तापक्रम क्रमशः वृद्धि हुने अनुमान गरिएको छ। उपत्यकामा बिहान करिब ७ डिग्री सेल्सियस तापक्रम रहेकाले चिसो बढी अनुभूति भए पनि दिउँसो १८–२० डिग्री सम्म पुग्ने देखिएको छ। हावापानी […]

काठमाडौं । युरोपेली युनियन (EU) ले बेल्जियमको राजधानी ब्रसेल्समा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालका तीन स्थानीय सरकारका शीर्ष प्रतिनिधिहरूको सहभागिता रहेको छ। चन्द्रागिरि नगरपालिका, काठमाडौं महानगरपालिका र वीरेन्द्रनगर नगरपालिकाबाट संयुक्त प्रतिनिधिमण्डल उक्त सम्मेलनमा सहभागी भएको हो। चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोल तथा वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया खड्कासहितको टोली यस अन्तर्राष्ट्रिय […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा) पर्वतको फलेवास नगर समितिको पदपूर्ति कार्य सम्पन्न भएको छ। नवगठित समितिमा विष्णु प्रसाद रिजाल सभापति, डिल्लीराम भुषाल उपसभापति तथा बम प्रसाद शर्मा सचिवमा चयन भएका छन्। सो समितिमा गरी नौ सदस्यीय संरचना पूर्ण गरिएको पार्टीले जनाएको छ। त्यसकै साथै, फलेवास नगरभित्रका तीन वटा वडा तदर्थ समिति पनि निर्माण कार्य […]

काठमाडौँ । काठमाडौँको सिनामंगलमा एक प्रहरी असई पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेका छन्। ब्रेन ट्युमरको उपचार गराइरहेका शिशुको स्वास्थ्य अवस्थालाई लिएर दुवै दम्पतीबीच निरन्तर तनाव हुँदै आएको प्रहरीले जनाएको छ। परिवारजनका अनुसार उपचारका क्रममा श्रीमती कृष्णा कुँवरसँग विवाद बढेपछि उत्पन्न तनावकै बीच असई कार्कीले घाँटी थिचेर शिशुको हत्या गरेका हुन्। दुवै पति–पत्नी […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले बागमती प्रदेशस्तरीय विस्तारित बैठक आज जोरपाटीस्थित बाँसुकी दरबार पार्टी प्यालेसमा जारी रहेको छ। बैठकमा पार्टीका उपसभापति डीपी अर्याल, केन्द्रीय सदस्यहरू, विभागीय प्रमुख तथा सदस्यहरू, प्रदेश, जिल्ला, नगर र वडा कमिटीका नेता–कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको छ। कार्यक्रममा पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्यले नेतृत्व विकास तथा लिडरशिप एकेडेमी सम्बन्धी विषयमा विस्तृत प्रस्तुति […]

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा व्यापक अनियमितता भएको निष्कर्षसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले आइतबार दायर गरेको मुद्दामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्री स्व. पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य, दीपक चन्द्र अमात्य तथा तत्कालीन अर्थमन्त्री रामशरण महतलाई […]

काठमाडौँ। बालाजु–बाइपास सडक दिनभर स्थानीयवासीको अवरोधपछि रातिको समयमा पिच कार्य तीव्र गतिमा अघि बढाइएको छ। दिनभर रोकिएको सडक स्तरोन्नति र पिच कार्यक्रमलाई निरन्तरता दिन प्राविधिक टोली राति नै खटिएका छन्। यसबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित काठमाडौँ महानगरपालिका–१६ की महिला वडाध्यक्ष अधिवक्ता रोजिना श्रेष्ठ स्वयं फिल्डमा उपस्थिति जनाउँदै निर्माणको प्रगति अनुगमन गरिरहेकी छन्। उनले […]

काठमाडौँ, चन्द्रागिरी — राष्ट्रिय स्वतन्त्र पार्टीले चन्द्रागिरी नगरपालिका–स्थित चन्द्रागिरी पार्टी प्यालेसमा नेतृत्व एकता तथा रणनीति भेला सम्पन्न गरेको छ। कार्यक्रममा पूर्व खेलकुद मन्त्री तथा पार्टीका केन्द्रीय नेता विराजभक्त श्रेष्ठसहित केन्द्रीय विभागका टिमहरू, प्रदेश तथा जिल्ला तहका प्रतिनिधि, नगर–वडास्तरका नेता–कार्यकर्ता र शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। भेलालाई सम्बोधन गर्दै नेता श्रेष्ठले चन्द्रागिरी नगरपालिका भौगोलिक दृष्टिले आकर्षक […]

काठमाडौँ – मङ्सिर १६ प्रकृतिले अपार सौन्दर्यले सजाएको ओखलढुंगा–चिसंखुगढी, तर विकासले कहिल्यै निरन्तरता पाउन सकेन। पटक–पटक जनप्रतिनिधि चुने पनि जनताले अपेक्षित सेवाभाव, उपस्थिती र प्रतिवद्धता भने कहिल्यै महसुस गर्न पाएनन्। अब भने स्थानीय बासिन्दामा परिवर्तनको नयाँ चाहना जागेको छ। विकासको आवाज बुलन्द गर्ने, आफ्नो पीडा र आवश्यकताका लागि बोलिदिने साँचो प्रतिनिधि खोज्ने समय आएको छ, […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच भएको एकतापछि विवेकशील साझा पार्टीको विपद् व्यवस्थापन खातामा रहेको ३३ लाख रुपैयाँ औपचारिक रूपमा रास्वपा र्यापिड एक्सन टिम (RAT) को खातामा सारिएको छ। पार्टी एकताको संरचनात्मक समायोजन प्रक्रियाअन्तर्गत उक्त कोष रास्वपाको मातहतमा रहेर विपद् व्यवस्थापन तथा राहत वितरणका कार्यक्रममा सञ्चालन हुने व्यवस्था मिलाइएको छ। र्यापिड […]