काठमाडौं, जेठ १९ । प्रधानमन्त्री बलेन्द्र शाह ले आज (मंगलबार) मध्यान्ह १२ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने बताएका छन्। सरकारका नीति तथा कार्यक्रमको कार्यान्वयन, मन्त्रालयगत प्रगतिसहित विभिन्न समसामयिक विषयमा निर्णय लिन […]

सुर्खेत, असार १२ — सुर्खेत प्रहरीले करिब ३ करोड रुपैयाँ बराबरका सुनका गरगहना तथा नगद रकमसहित एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार विशेष सूचनाका आधारमा गरिएको निगरानी तथा खानतलासीका क्रममा ठूलो परिमाणमा सुनका गरगहना र नगद बरामद गरिएको हो। बरामद गरिएका सुनका विभिन्न गरगहना तथा नगदको कुल मूल्य करिब ३ करोड […]

काठमाडौं । चन्द्रागिरी नगरपालिका वार्ड नम्बर ३ समृद्धि टोल स्थित घर बाट निस्किएका एक युवक सम्पर्कविहीन भएका छन्। परिवारका अनुसार उनी हिजो दिउँसो करिब १२ बजेतिर घरबाट निस्किएका थिए तर हालसम्म घर फर्किएका छैनन्। हराइरहेका युवकले खैरो रङको टिसर्ट, कालो पाइन्ट तथा कालो चप्पल लगाएका थिए। परिवार र आफन्त, साथीभाइ तथा सर्वसाधारणलाई उनको खोजीमा सहयोग […]

काठमाडौं । सरकारले सहकारी पीडितहरूको बचत रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाउने घोषणा गरेसँगै सहकारी क्षेत्रमा नयाँ आशा जागेको छ। उक्त घोषणापछि पीडितहरू आफ्नो समस्या दर्ता गराउन तथा आवश्यक विवरण बुझाउन राष्ट्रिय सहकारी बैंक लिमिटेड (एनसीबीएल) को केन्द्रीय कार्यालय, पुल्चोक ललितपुरमा दैनिक रूपमा पुग्ने क्रम बढेको छ। सरकारले सहकारी ठगी तथा बचतकर्ताको रकम फिर्ता सम्बन्धी […]

अर्चना झा ललितपुर, गोदावरी १७ जेठ : गोदावरी नगरपालिका–१४, ललितपुरस्थित मामाघर अनाथालय सपोर्ट एण्ड केयर सेन्टर, नेपालको दोस्रो सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष निरोज बज्राचार्य रहनुभएको थियो भने संस्थापक सभाध्यक्ष विजय कृष्णमूर्तिको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । संस्थापक विजय कृष्णमूर्तिले […]

भक्तपुर । जीवनमा कहिलेकाहीँ यस्ता कठिन परिस्थितिहरू आउँछन्, जहाँ एक व्यक्तिले एकैपटक अनेकौँ पीडा, संघर्ष र जिम्मेवारीको भारी बोक्नुपर्ने हुन्छ। भक्तपुर नगरपालिका–८ निवासी २३ वर्षीया सचिता बनमाला यतिबेला त्यस्तै असह्य पीडाबाट गुज्रिरहेकी छन्। सचिताले जीवनका अनेक उतारचढाव पार गर्दै आफ्नै रोजाइको जीवनसाथीसँग विवाह गरिन्। प्रेम र विश्वासका आधारमा नयाँ जीवनको सुरुवात गरेकी उनले समाज र […]

काठमाडौं । काठमाडौं महानगरपालिका–१६, सोह्रखुट्टे क्षेत्रमा एक व्यक्तिको आँखामा खुर्सानीको धुलो हाली सुनको सिक्री र मोबाइल फोन लुटपाट गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा उनले प्रहरीमाथि समेत खुर्सानीको धुलो प्रहार गरी भाग्न खोजेका थिए। त्यसपछि प्रहरीले आत्मरक्षाका […]

नवलपरासी । नवलपरासी (पूर्व), जेठ ३० — नवलपरासी (पूर्व)को गैँडाकोट नगरपालिका–१५, भिट्टामणी टोलमा घरायसी विवादका क्रममा बाबुले आफ्नै छोरामाथि धारिलो हतियार (खुकुरी) प्रहार गर्दा छोराको मृत्यु भएको छ। प्रहरीका अनुसार घरायसी विवाद चर्किएपछि ६३ वर्षीय डम्बर गिरीले आफ्ना ४३ वर्षीय छोरा शंकर गिरीमाथि खुकुरी प्रहार गरेका थिए। घटनामा गम्भीर घाइते भएका शंकरलाई उपचारका लागि चितवनस्थित […]

झापा । झापामा बोराभित्र पोको पारिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। स्थानीयवासीले शंकास्पद रूपमा फालिएको बोराबाट दुर्गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। जाँचका क्रममा बोराभित्र एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ। शवको पहिचान खुल्न बाँकी रहेको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ। प्रहरीले […]

काठमाडौं । थानकोट वृत्तमा नयाँ डीएसपीले कमान्ड सम्हालेसँगै अवैध ओसारपसार तथा तस्करी नियन्त्रणमा प्रहरी सक्रिय देखिएको छ। सोही क्रममा प्रहरीले ठूलो परिमाणमा अवैध रूपमा ल्याइएको कोइलासहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार जेठ १४ गते जिल्ला मकवानपुरको चखेल क्षेत्रबाट अवैध रूपमा कोइला ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा नेपाल प्रहरी को थानकोट वृत्तबाट खटिएको […]