काठमाडौं । नेपाल पत्रकार महासंघले आज “जिम्मेवार पत्रकारिता, संवेदनशील रिपोर्टिङ र सामाजिक सञ्जालको प्रयोग” विषयक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो। पत्रकारितामा बढ्दो चुनौती, डिजिटल माध्यमको प्रभाव तथा सामाजिक सञ्जालको जिम्मेवार प्रयोगबारे पत्रकारहरूलाई सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। कार्यक्रममा सहभागी पत्रकारहरूलाई सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण, पत्रकार आचारसंहिताको पालना, संवेदनशील विषयवस्तुको रिपोर्टिङ तथा सामाजिक सञ्जालको […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको प्रथम प्रदेश अधिवेशनबाट उत्सव अर्याल प्रदेश सभापतिमा निर्वाचित भएका छन्। काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट दरबार पार्टी प्यालेसमा सम्पन्न मतदानबाट अर्यालले प्रतिस्पर्धी डा. अच्युतम लामिछानेलाई पराजित गर्दै नेतृत्व हात पारेका हुन्। प्रदेश सभापति पदका लागि सुरुमा चार जना आकांक्षी देखिए पनि काठमाडौंका कृष्णमान श्रेष्ठ र रामेछापका हरिबहादुर खत्रीले अर्याललाई […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उत्सव अर्याल र डा. अच्युतम लामिछानेबीच प्यानलगत प्रतिस्पर्धा भइरहेको छ । प्रदेश सभापति पदका लागि चार जना आकांक्षी देखिए पनि काठमाडौंका कृष्णमान श्रेष्ठ र रामेछापका हरिबहादुर खत्रीले उत्सव अर्याललाई समर्थन जनाएपछि प्रतिस्पर्धा मुख्यतः उत्सव अर्याल र डा. अच्युतम लामिछानेबीच केन्द्रित भएको हो। […]

काठमाडौं । चन्द्रागिरी नगरपालिका–८ स्थित ठाडर बाटो क्षेत्रमा बाटो मिचिएको भन्दै केही दिन अगाडि स्थानीयवासीले गुनासो गरेपछि समष्टि नेपालको टोली स्थलगत निरीक्षणका लागि पुगेका थिए। स्थानीयवासीहरूले उक्त क्षेत्रमा इन्जिनियर रविन्द्र रिजालले मापदण्ड विपरीत बाटो मिचेको आरोप लगाएका थिए। सोही विषयमा आज समष्टि नेपाल टिमले इन्जिनियर रिजालसँग प्रत्यक्ष कुराकानी गरेको थियो। कुराकानीका क्रममा रिजालले भने आफूले […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशमा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। अधिवेशनबाट सभापतिमा चन्द्र राई निर्वाचित भएका छन्। पार्टीको प्रदेश नेतृत्वमा उपसभापतिमा हेमराज दाहाल, महामन्त्रीमा निरज कटुवाल चयन भएका छन्। त्यस्तै सहमहामन्त्री पदमा सुरेन्द्र कार्की र मन्जरी घिमिरे निर्वाचित भएका छन्। अधिवेशनले प्रदेश समितिका अन्य पदाधिकारी तथा सदस्यहरू समेत चयन गरेको […]

काठमाडौं । चन्द्रागिरी नगरपालिका–३,४,७ मा पर्ने त्रिभुवन पार्कमा नयाँ नेतृत्व चयन भएसँगै समितिले पार्क परिसरमा छलफल कार्यक्रम गरेको हो। छलफलमा सहभागी स्थानीय बासिन्दाहरूले पार्कभित्र रहेका विभिन्न संरचना तथा सेवाहरूको भाडा र लिज व्यवस्थापनबारे प्रश्न उठाउँदै सार्वजनिक सम्पत्तिलाई कौडीको भाउमा लिजमा दिन नहुने बताएका थिए । उनीहरूले पार्कमा राजनीतिक हस्तक्षेप र स्रोत–साधनको दोहन हुँदै आएको आरोपसमेत […]

काठमाडौं । सुधन गुरुङले स्थानीय तहका जनप्रतिनिधिहरूको सम्पत्तिमाथि व्यापक र निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन्। उनले मेयरदेखि वडाध्यक्षसम्मका निर्वाचित जनप्रतिनिधिहरूको सम्पत्तिको स्रोत र विवरणबारे अनुसन्धान हुनुपर्ने आवश्यकता औंल्याउँदै सार्वजनिक पदमा रहेका व्यक्तिहरूको आर्थिक पारदर्शिता सुनिश्चित गर्न सम्पत्ति छानबिन अपरिहार्य रहेको बताए। गुरुङका अनुसार स्थानीय तहमा सुशासन, जवाफदेहिता र पारदर्शिता कायम गर्न जनप्रतिनिधिहरूको सम्पत्तिको नियमित अनुगमन […]

म्यादी। म्याग्दी जिल्लाकै सबैभन्दा ठूलो १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ। अन्नपूर्ण गाउँपालिका–४ भालेबास क्षेत्रमा सोमबारदेखि ५.६ किलोमिटर लामो मुख्य सुरुङ खन्ने काम प्रारम्भ गरिएको हो। करिब ४० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजनामा Global IME Bank को […]

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डिपी अर्याल भोलि बिहान ७ बजे कीर्तिपुरस्थित प्रसिद्ध मच्छेनारायण मेलामा सहभागी हुने कार्यक्रम रहेको छ। सभामुख अर्यालले मच्छेनारायण मन्दिरमा विशेष पूजाआजा गरी फर्किने कार्यतालिका रहेको सचिवालयले जनाएको छ। कीर्तिपुरको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मच्छेनारायण मेला जेठ ३ गतेदेखि भव्य रूपमा सञ्चालन भइरहेको छ। प्रत्येक वर्ष आयोजना हुने यस मेलामा काठमाडौं […]

काठमाडौं। थानकोट प्रहरी वृत्तमा नयाँ प्रहरी नायब उपरीक्षक (डीएसपी) आएपछि अवैध गतिविधिविरुद्ध प्रहरीको निगरानी र कारबाही तीव्र बनेको छ। यही क्रममा काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार हरि भुर्तेलको घरमा जुवा (तास) खेल भइरहेको गोप्य सूचनाका आधारमा छापा मार्दा ११ जनालाई नियन्त्रणमा लिइएको हो। […]