काठमाडौं । चन्द्रागिरी नगरपालिका–५ मा आज सरसफाइ कार्यक्रम उद्घाटन भएको छ। किसिपिडी ब्याडमिन्टल क्लबको आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा स्थानीयवासी, युवा तथा वडाका जनप्रतिनिधि सहभागिता रहेको छ । “स्वच्छ वातावरण, स्वस्थ समाज हाम्रो प्रतिबद्धता, हाम्रो अभियान” भन्ने नारासहित आयोजना गरिएको कार्यक्रम सुरु भएको हो। कार्यक्रम अन्तर्गत किसिपिडी ब्याडमिन्टल ग्राउन्डदेखि श्री जग कल्याण पुल क्षेत्रसम्मको खोलामा सरसफाइ […]
काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व बकर इद (ईद–उल–अजहा) आज देशभर श्रद्धा, उल्लास र धार्मिक आस्थाका साथ मनाइँदैछ। इस्लाम धर्मअनुसार अल्लाहप्रति पूर्ण समर्पण, त्याग र बलिदानको प्रतीकका रूपमा मनाइने यस पर्वमा मुस्लिम समुदायले बिहानै मस्जिद तथा ईदगाहमा विशेष नमाज अदा गरेका छन्। नमाजपछि एकआपसमा शुभकामना आदानप्रदान गर्दै सामाजिक सद्भाव र भाइचाराको सन्देश फैलाइएको छ। […]
काठमाडौं । काठमाडौँ नगरपालिका–चन्द्रागिरी वडा नं. ८ ढाक्सीस्थित ‘आमाको अचार’ उद्योगले आफ्नो फ्याक्ट्रीबाट निस्किएको रसायनजन्य फोहोर जथाभावी खोलामा फाल्दा स्थानीय बासिन्दा समस्यामा परेका छन्। उद्योगबाट निस्किएको फोहोरका कारण खोलामा दुर्गन्ध फैलिएको भन्दै स्थानीयले गम्भीर आपत्ति जनाएका छन्। स्थानीयका अनुसार उद्योगबाट निस्किएको रसायनयुक्त पानी तथा फोहोर बेतर्तिब रूपमा खोलामा मिसाइँदा आसपासको वातावरण प्रदूषित बनेको छ। खोलाको […]
काठमाडौँ । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपाल (FNCN) ले प्रतिनिधि सभामा व्यक्त गरिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै सम्बन्धित सांसदमाथि कारबाही गर्न माग गरेको छ । महासंघका अध्यक्ष रेभ. उद्धव प्रसाद चिमाेरियाद्वारा सभामुख डाेल प्रसाद अर्याललाई सम्वाेधन गर्दै जारिगरिएकाे ध्यानाकर्षण पत्रमा प्रतिनिधि सभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुस्बु ओलीले दिएको अभिव्यक्तिले सम्पूर्ण ख्रीष्टियन समुदायको धार्मिक आस्था […]
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले भक्तपुर जिल्लामा सञ्चालनमा रहेका मापदण्डविपरीतका इट्टा भट्टा हटाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। वातावरणीय प्रदूषण नियन्त्रण, सांस्कृतिक सम्पदाको संरक्षण तथा स्थानीय बासिन्दाको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्देशन जारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शाहले विशेषगरी जनघनत्व बढी भएका क्षेत्र तथा ऐतिहासिक–सांस्कृतिक सम्पदाको आसपास सञ्चालनमा रहेका इट्टा भट्टाका […]
रसुवा । रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–५ क्षेत्रमा अवैध रूपमा अमेरिकी डलर बोकेर यात्रा गरिरहेका एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बेत्रावती बजारस्थित पासाङल्हामु सडकखण्डमा काठमाडौंबाट टिमुरेतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ५५५१ नम्बरको यात्रुबाहक बसलाई चेकजाँच गर्ने क्रममा एक यात्रुको साथबाट ४३ हजार अमेरिकी डलर बरामद गरिएको हो। बरामद गरिएको रकमसहित पक्राउ […]
११ जेठ, काठमाडौं । मितेरी सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा जोडिएकी ज्योती गुरुङलाई ललितपुर जिल्ला अदालतले २१ दिनभित्र अदालतमा उपस्थित भई प्रतिउत्तर पेश गर्न सूचना जारी गरेको छ। स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–२ लामडाँडा स्थायी घर भई हाल ललितपुर महानगरपालिका–१४ थसिखेल बस्दै आएकी ४८ वर्षीया ज्योती नेपाली कांग्रेसका नेता धनराज गुरुङ की पूर्वपत्नी हुन्। तर अदालतद्वारा प्रकाशित […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरि नगर समितिको पहिलो अधिवेशन सम्पन्न भएको छ। संगठन विस्तार तथा स्थानीय तहमा पार्टीलाई थप सशक्त बनाउने उद्देश्यसहित आयोजित अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनबाट जनार्दन केसी चन्द्रागिरि नगर सभापतिमा निर्वाचित भएका छन्। सभापति पदका लागि खसेको कुल २०२ मतमध्ये केसीले १५३ मत प्राप्त गर्दै स्पष्ट बहुमतसहित […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी अन्तर्गत चन्द्रागिरी नगरपालिकाको प्रथम नगर अधिवेशन भोलि आइतबार आयोजना हुने भएको छ। अधिवेशन चन्द्रागिरी पार्टी प्यालेस, सतुङ्गलस्थित फ्रुटी कारखाना नजिक बिहान ७ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ। अधिवेशनलाई सफल बनाउन निर्वाचन समितिले उम्मेदवारी दर्ता प्रक्रिया पनि सार्वजनिक गरेको छ। समितिका अनुसार उम्मेदवारी दर्ता भोलि बिहान ८ बजेदेखि खुला गरिनेछ। […]
काठमाडौँ, ९ जेठ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले आधुनिक प्रविधिको वर्तमान युगमा पनि सामुदायिक रेडियोको महत्त्व र गरिमा अलिकति पनि नघटेको बताउनुभएको छ। दक्षिण एसियाकै पहिलो सामुदायिक प्रसारण सेवा “रेडियो सगरमाथा १०२.४ मेगाहर्ज” को ३०औँ स्थापना दिवसका अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो विचार व्यक्त गर्नुभएको हो। कार्यक्रममा बोल्दै मन्त्री डा. […]











