चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनमा आयोजना गरेको विस्तारित बैठक आजदेखि पूर्ण रूपमा सुचारु भएको छ। बैठकमा ७७ वटै जिल्लाबाट आएका प्रतिनिधिहरू, प्रदेश प्रमुखहरू, केन्द्रीय नेताहरू, कार्यकर्ता तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको छ। दुई दिनसम्म चल्ने भनिएको यो विस्तारित बैठकमा पार्टीको आगामी राजनीतिक रणनीति, सांगठनिक सुदृढीकरण तथा आगामी निर्वाचन तयारीबारे विस्तृत छलफल हुने जनाइएको […]
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक भोलिदेखि चितवनको सौराहामा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने यस बैठकमा केन्द्र, प्रदेश र स्थानीय तहका गरी ५१२ जना प्रतिनिधिहरू सहभागी हुने भएका छन्। रास्वपाका प्रवक्ता मनिष झाका अनुसार बैठकमा पार्टीको राजनीतिक, सांगठनिक र आगामी निर्वाचन तयारी सम्बन्धी एजेण्डामा विस्तृत छलफल हुनेछ। “यो राजनीतिक संक्रमणपछिको सबैभन्दा ठूलो बैठक […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सिंहदरबारमा बयान लिइरहेको समयमा पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा भने पार्टी प्रवेशको लहर देखिएको छ। बिहीबार दिनभर रास्वपाको बनस्थलीस्थित कार्यालयमा विभिन्न राजनीतिक दलमा आबद्ध नेता, कार्यकर्ता र ट्रेड युनियन महासंघका प्रतिनिधिहरू समूहगत रूपमा पार्टीमा प्रवेश गरेका छन्। रास्वपामा प्रवेश गर्नेहरूको भनाइमा, “देशमा पारदर्शी र उत्तरदायी राजनीतिक […]
झापा । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठन विस्तार तीव्र बनाएको छ। बिर्तामोडका विभिन्न वडामा भएका वडा अधिवेशनमार्फत पार्टीले गाउँ–गाउँमा सशक्त संगठन विस्तार अभियान अघि बढाएको हो। अधिवेशनहरूमा स्थानीय कार्यकर्ता र जनताहरूको उल्लेखनीय सहभागिता देखिएको छ। सहभागीहरूले आउँदो निर्वाचनमा “पुरै गाउँ, पुरै ठाउँ घन्टी बजाउने” भन्दै उत्साह व्यक्त गरेका […]
काठमाडौँ, शनिबार — नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले एमालेमा फर्किन वातावरण बने आफूलाई कुनै आपत्ति नहुने बताएका छन्। शनिबार काठमाडौंमा आफ्ना निकट नेताहरूको भेलामा सहभागी हुँदै उनले पार्टीलाई पुनर्गठन र एकीकरण गरेर सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याए। खनालले भने, “पार्टी अहिले टुक्रिएको अवस्थामा छ, यसलाई पुनः सिंगो बनाउन आवश्यक छ।” उनले एमाले अध्यक्ष केपी शर्मा […]
काठमाडौँ । सरकारले भ्रष्टाचारको अभियोग लागेकाहरूलाई उपलब्ध गराइएका सरकारी सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेका व्यक्तिहरूलाई दिइँदै आएका सुरक्षाकर्मी खटाइ फिर्ता गर्ने निर्णय गरेको हो। यो निर्णय विशेषगरी हालै पतञ्जलीको जग्गा प्रकरणमा विशेष अदालतमा मुद्धा दर्ता भएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतका व्यक्तिलाई लक्षित भएको बताइन्छ। […]
काठमाडौं । हाल देशभर फैलिएको ‘जेनजी आन्दोलन’लाई लिएर राजनीतिक वृत्त र सामाजिक सञ्जालमा तीव्र बहस सुरु भएको छ। एक समूहले आन्दोलनमा सहभागी युवाहरूमाथि योजनाबद्ध रूपमा अपराधीकरण गर्ने अभियान सञ्चालन गरेको आरोप छ। यद्यपि,कलाकार,अभियन्ता र विद्यार्थीहरुले सरकारको दमनको विरोधमा सडकमा उत्रिएको २४ गतेको आन्दोलनपछि, आन्दोलनकारीलाई अपराधी ठहर्याउने प्रयास तीव्र बनेको छ। विश्लेषकहरूका अनुसार, आन्दोलनको मुख्य उद्देश्य […]
झापा । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले शनिबार झापाको बिर्तामोडमा ‘केपी बा आइ लभ यु’ भन्ने नारासहित वृहत मोटरसाइकल र्याली आयोजना गरेको छ। पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रतिको समर्थन र ऐक्यबद्धता जनाउने उद्देश्यले निकालिएको सो र्यालीमा सयौं युवाहरू उत्साहपूर्वक सहभागी भएका थिए। बिर्तामोडको मुख्य सडक हुँदै गरिएको र्यालीमा सहभागीहरूले हातमा पार्टीको […]
काठमाडौं । दाङ जिल्लामा एकैपटक सिङ्गो वडा नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेको छ। वडाका जनप्रतिनिधि, विभिन्न दलका कार्यकर्ता र स्थानीय नागरिकहरू सामूहिक रूपमा रास्वपामा प्रवेश गरेका हुन्। पार्टी प्रवेश कार्यक्रम दाङको एक वडामा विशेष समारोहबीच सम्पन्न गरिएको थियो। कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य, प्रदेश संयोजक र स्थानीय नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी नेताहरूले […]
काठमाडौँ । ‘टिओबी’ लेखिएको टिसर्ट लगाएर पेस्तोल बोकेका युवकलाई प्रहरीले म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौँ पेश गरेको हो । जेनजी आन्दोलनको पहिलो दिन संसद भवनतर्फ प्रदर्शनकारीलाई ठूलो आवाजमा मोटरसाइकल टोलीका साथ उक्साउँदै लैजाने समूहका रूपमा ती युवकहरू पहिचान गरिएको प्रहरीले जनाएको हो। प्रहरी स्रोतका अनुसार, उनीहरू ‘फ्री तिब्बत’ अभियानसँग सम्बन्धित रहेका शंका गरिएको […]











