काठमाडौँ । आज देशमको पश्चिमी वायुका र स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बदली भएको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात […]
काठमाडौं । रवि लामिछानेमाथि बारम्बार मुद्दा दायर गरिएको विषयलाई लिएर सार्वजनिक बहस तीव्र बनेको छ। चर्चा बटुल्ने उद्देश्यले मुद्दा हाल्ने प्रवृत्ति बढ्दै गएको भन्दै यसप्रति आपत्ति जनाउँदै युवराज सफलमाथि कारबाहीको माग समेत उठ्न थालेको हो। यस विषयमा अधिवक्ता सरोज घिमिरेले पूर्वाग्रहपूर्ण ढंगले मुद्दा दायर गर्ने प्रवृत्तिले न्याय प्रणालीप्रतिको जनविश्वास कमजोर बनाउने बताएका छन्। उनले वास्तविक […]
(फाइल फोटो) काठमाडौं । डोटीमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। जिल्लाको आदर्श गाउँपालिका–६ रौसेल्ला क्षेत्रमा गएराति करिब १२:३० बजे भएको दुर्घटनामा आदर्श गाउँपालिका–३ काँडीस्याउलेका करिब २२ वर्षीय सुबोध रोकाया र १९ वर्षीय कैलाश बिकको मृत्यु भएको हो। प्रहरीका अनुसार सु.प.प्र. ०१–००१ च ३९२३ नम्बरको बोलेरो जिप अनियन्त्रित भई घुम्तीबाट तल खसेको […]
काठमाडौँ । क्यानडाले सडक सुरक्षाबारे सोच्ने तरिकामा नवीन परिवर्तन गर्दै मानवसँगै वन्यजन्तुको सुरक्षामा पनि ध्यान केन्द्रित गरेको छ। राजमार्गहरूमा प्राकृतिक बासस्थान जस्तै देखिने गरी घाँस, रूख र माटोले ढाकिएका विशेष “वन्यजन्तु ओभरपास” निर्माण गरिएका छन्। यी हरिया पुलहरूले भालु, स्याल, मृग, कुगर लगायतका जनावरलाई सवारी साधनको जोखिम बिना सुरक्षित रूपमा सडक पार गर्न सहयोग पुर्याइरहेका […]
काठमाडौं । लगातार वर्षाका कारण चिप्लो बनेपछि पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अत्यधिक जोखिमपूर्ण बनेपछि यातायात पूर्ण रूपमा बन्द गरिएको हो। यसैबीच, वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको पाल्पा रुटअन्तर्गत सिद्धबाबा क्षेत्रमा लेदो र ढुंगा खस्दा उक्त सडक पनि दुबै तर्फबाट अवरुद्ध भएको छ। दुवै मुख्य मार्ग बन्द भएपछि यात्रुहरू अलपत्र […]
काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं. ९ स्थित त्रिशूली नदीबाट अवैध रूपमा बालुवा तथा गिट्टी उत्खनन भइरहेको जानकारी प्राप्त भएपछि सो कार्य तत्काल रोक्न निर्देशन दिइएको छ। माननीय आशिका तामाङले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा कानुनविपरीत हुने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारिएको छ। जनताको मतबाट निर्वाचित प्रतिनिधिको हैसियतमा प्राकृतिक स्रोतसाधनको संरक्षण […]
काठमाडौं । एभरेस्ट नेपाल कल्चरल ग्रुप द्वारा आयोजित १३औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८२ भव्य रूपमा सम्पन्न भएको छ। चैत्र ६ गते शुक्रबार नेपाल पुलिस क्लब भृकुटीमण्डप मा सम्पन्न उक्त कार्यक्रममा विश्वका १० राष्ट्रहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बोत्सवाना, इस्टोनिया, जर्मनी, भारत, नेपाल, इजरायल, पोल्यान्ड, दक्षिण अफ्रिका, ताइवान र टर्की का कलाकारहरूले आफ्नो देशअनुसारका मौलिक […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरू नयाँ सरकार गठनबारे छलफलमा जुटेका छन्। आम निर्वाचन २०८२ मा १८२ सिट जित्दै संसद्को पहिलो दल बनेपछि रास्वपाले सरकार गठनका लागि औपचारिक तयारी सुरु गरेको हो। सोही क्रममा बिहीबार पहिलो पटक शीर्ष नेताहरू एकै ठाउँमा भेला भएका हुन्। काठमाडौँस्थित एक होटलमा सम्पन्न छलफलमा पार्टी सभापति रवि […]
काठमाडौं । गगन थापा ले नेपाली कांग्रेसको सभापतिबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि उनले बुधबार उपसभापति विश्वप्रकाश शर्मा लाई राजीनामा बुझाएका हुन्। यसअघि काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही–४ बाट उम्मेदवार बनेका थिए। उनलाई डा अमरेशकुमार सिंह ले पराजित गरेका हुन्। चुनावी परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ले आज दिएको भाषणले चौतर्फी चर्चा बटुलेको छ। उनको प्रस्तुति र अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तदेखि आमजनतासम्म सकारात्मक प्रतिक्रिया देखिएको छ। विशेषगरी, विपक्षी दलका नेताहरूले समेत भाषणको तारिफ गरेका छन्। विभिन्न सञ्चारमाध्यमहरूमा आजको भाषणप्रति सकारात्मक विश्लेषणहरू प्रकाशित भइरहेका छन्, जसले उनको नेतृत्व र दृष्टिकोणप्रति बढ्दो चासो देखाएको छ।











