समष्टि न्यूज | काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजय अभद्र खनाल र गोविन्दसँग जेनजेड २.०का प्रतिनिधिहरूले मंगलबार प्रधानमन्त्री कार्यालयमा भेटघाट गरी लामो छलफल गरेका छन्। भेटमा नागरिक बचाउ अभियानसँग आबद्ध अभियन्ताहरू पनि सहभागी थिए। छलफलका क्रममा देशको व्यवस्थागत सुधार, नागरिक अधिकार संरक्षण र सरकार–नागरिक सम्बन्ध सुदृढीकरणका विषयमा विस्तृत संवाद भएको बताइएको छ। जेनजेड २.०का […]

झापा । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठन विस्तार तीव्र बनाएको छ। बिर्तामोडका विभिन्न वडामा भएका वडा अधिवेशनमार्फत पार्टीले गाउँ–गाउँमा सशक्त संगठन विस्तार अभियान अघि बढाएको हो। अधिवेशनहरूमा स्थानीय कार्यकर्ता र जनताहरूको उल्लेखनीय सहभागिता देखिएको छ। सहभागीहरूले आउँदो निर्वाचनमा “पुरै गाउँ, पुरै ठाउँ घन्टी बजाउने” भन्दै उत्साह व्यक्त गरेका […]

काठमाडौं । नेपाल बाइबल सोसाइटीले आफ्नो स्थापना दिवसको अवसरमा भव्य कार्यक्रमसहित ५०औं वार्षिकोत्सव (स्वर्ण महोत्सव) मनाएको छ। सो समारोह ललितपुरको एकान्तकुनास्थित म्याजेस्टिक ग्राण्ड नेपालमा सम्पन्न भएको हो। उक्त कार्यक्रममा धार्मिक अगुवा,समाजसेवी,सरोकारवाला संस्था तथा अतिथिहरूको सहभागिता रहेको थियो। सो अवसरमा संस्थाको पाँच दशक लामो सेवा, समाजमा गरेको योगदान र भविष्यका योजनाबारे विस्तृत चर्चा गरिएको थियो। नेपाल […]

बिरगंज, पर्सा । बिरगंज भन्सार नाकामा गाडी चेकपोस्टमार्फत नियमित चेकजाँचका क्रममा नेपाल प्रहरीमाथि भारतीय नेताले गरेको दुर्व्यवहार सार्वजनिक भएपछि सीमा सुरक्षाबारे गम्भीर प्रश्न उठेको छ। घटनाका प्रत्यक्षदर्शीका अनुसार, मङ्गलवार दिउँसो करिब ३ बजे भारततर्फबाट नेपाल प्रवेश गर्ने क्रममा इन्डियन नम्बर प्लेट भएको एउटा निजी सवारीसाधनलाई भन्सार नाका स्थित चेकपोस्टमा प्रहरीले रोकि कागजात र गाडी नम्बर […]

काठमाडौं। डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् उपभोग गर्दै आएका रुपन्देहीका चार उद्योगहरूले नेपाल विद्युत प्राधिकरणलाई बक्यौता रकमको पहिलो किस्ता बुझाएपछि प्राधिकरणले काटिएको लाइन पुनः जडान गरेको छ। भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लास्टिक उद्योग, पञ्चकन्या स्टील इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले सोमबार प्रिमियम महसुलको बक्यौताको पहिलो किस्ता बुझाएका हुन्। प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार […]

काठमाडौँ, कार्तिक १८ लामो समयदेखि सामाजिक अभियन्ता र मिडिया सञ्चालनमार्फत विविध अभियान चलाउँदै आएका शिव प्रसाद अधिकारी आगामी निर्वाचनमा मकवानपुर–२ बाट स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दिने तयारीमै छन्। अधिकारीका विचार र तयारीबारे जारी जानकारी अनुसार उनी प्रहरी संस्थालाई बलियो र विश्वासिलो बनाउनुपर्नेमा जोड दिन्छन् र पार्टी राजनीति तथा फोहोरी अभ्यासविरुद्ध कडा रूपमा आवाज उठाउँदै आएका […]

काठमाडौं । सामाजिक अभियन्ता डा. निकोलस भुसालले गृहमन्त्रीलाई कडा चेतावनी दिएका छन्। उनले पाँच दिनभित्र पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ नगरे “घरभित्रबाटै निकालेर सडकमा घिसार्ने” चेतावनी दिएका हुन्। शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत भुसालले हालैको जेन–जी आन्दोलनका क्रममा भएका हत्या, दमन र भ्रष्टाचारमा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही नहुने हो भने जनता […]

समष्टि न्यूज / काठमाडौं । राजधानी काठमाडौंको फोहर व्यवस्थापनका विषयमा उत्पन्न विवाद झन् चर्किँदै गएको छ। नुवाकोटको बञ्चरेडाँडाका स्थानीयवासी र सरकारबीच शनिबार काठमाडौंमा भएको छलफल निष्कर्षबिनै सकिएको छ। स्थानीयवासीहरूले फोहरले उनीहरूको स्वास्थ्य, वातावरण र जीवनस्तरमा गम्भीर असर पारेको भन्दै तत्काल समाधानको माग गरेका छन्। उनीहरूको भनाइमा, “फोहर र मानव सँगसँगै बस्न सकिँदैन, कि फोहर मात्रै […]

काठमाडौँ, शनिबार — नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले एमालेमा फर्किन वातावरण बने आफूलाई कुनै आपत्ति नहुने बताएका छन्। शनिबार काठमाडौंमा आफ्ना निकट नेताहरूको भेलामा सहभागी हुँदै उनले पार्टीलाई पुनर्गठन र एकीकरण गरेर सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याए। खनालले भने, “पार्टी अहिले टुक्रिएको अवस्थामा छ, यसलाई पुनः सिंगो बनाउन आवश्यक छ।” उनले एमाले अध्यक्ष केपी शर्मा […]

काठमाडौँ । सल्यान बाघचौर नगरपालिका–४ की सीता ओलीको काठमाडौँ मेडिकल कलेज (केएमसी) मा उपचारका क्रममा चिकित्सकीय लापरबाही भएको भन्दै परिवारले आपत्ति जनाएका छन्। सीता ओलीले हालै उक्त अस्पतालमा शिशु जन्माउने क्रममा अप्रेसन (सिजेरियन) गराएकी थिइन्। परिवारका अनुसार अप्रेसनको क्रममा उनको पिसाब थैली काटिएको र नवजात शिशुलाई आईसीयूमा राखिएको थियो। केही समयपछि शिशुलाई मृत घोषणा गरिएको […]