काठमाडौँ । सरकारले भ्रष्टाचारको अभियोग लागेकाहरूलाई उपलब्ध गराइएका सरकारी सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेका व्यक्तिहरूलाई दिइँदै आएका सुरक्षाकर्मी खटाइ फिर्ता गर्ने निर्णय गरेको हो। यो निर्णय विशेषगरी हालै पतञ्जलीको जग्गा प्रकरणमा विशेष अदालतमा मुद्धा दर्ता भएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतका व्यक्तिलाई लक्षित भएको बताइन्छ। […]

काठमाडौँ । स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी सांसद आरजु राणा देउवा सिंगापुर एयरपोर्टमा व्हिलचेयरमा बाहिर निस्किएको दृश्य सार्वजनिक भएको छ। देउवा दम्पती नेपालबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सिंगापुरतर्फ सकुशल हिँडेका थिए। सिंगापुर पुगेपछि उनीहरूलाई विमानस्थलको आगमन कक्षबाट व्हिलचेयरमा बाहिर ल्याइएको देखिएको हो। स्रोतका अनुसार देउवा […]

मुस्ताङ । जिल्लाको उच्च हिमाली क्षेत्रसहित मुक्तिनाथ क्षेत्रमा वर्षासँगै हिमपात भएको छ। मंगलबार रातिदेखि निरन्तर परेको वर्षा र हिउँका कारण उपल्लो मुस्ताङको जनजीवन प्रभावित बनेको छ। हिमपातका कारण जोमसोम, मुक्तिनाथ, कागबेनी, छोरोसार, छोन्गुरलगायत क्षेत्र सेताम्मे बनेका छन्। स्थानीयहरूका अनुसार बिहानैदेखि बाक्लो हिउँ परेपछि दैनिक गतिविधि ठप्पजस्तै बनेको छ। यात्रुहरू पनि जोमसोम–मुक्तिनाथ खण्डमा अलपत्र परेका छन्। […]

नुवाकोट, बेलकोटगढी — राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति मनोहर पन्ताले बेलकोटगढी नगरपालिका भित्र भइरहेको विभिन्न अनियमितता, घोटाला र तस्करी विरुद्ध ‘खतरा अभियान’ सुरु गरेका छन्। सभापति पन्ताले स्थानीय तहमा देखिएका भ्रष्टाचारका जरा उखेल्ने गरी अभियान अघि बढाएको बताउँदै भने, “म पनि बाटो बिराउन सक्छु,मलाई पनि सचेत गर्नुहोस् । तर जानीजानी भ्रष्टाचार गर्ने मेरो ठुला मान्छे […]

काठमाडौं — किष्ट शिक्षण अस्पतालमा उपचारको क्रममा मीना राईको मृत्यु भएको विषयलाई लिएर आज पनि मृतकका आफन्त तथा स्थानीयहरूले तीव्र प्रदर्शन गरेका छन्। उनीहरूले अस्पताल प्रशासनमाथि लापरबाहीको आरोप लगाउँदै अस्पताल परिसरमा तोडफोड गरेका हुन्। आक्रोशित भीडले अस्पताल बन्द गर्नुपर्ने र मृतक मीना राईलाई न्याय दिलाउनुपर्ने माग राख्दै अस्पताल परिसरमा प्रवेश गरी ढुंगामुढा समेत गरेको प्रहरीले […]

काठमाडौं । दलित समुदायको अधिकारका लागि लामो समयदेखि आवाज उठाउँदै आएका खगेन्द्र सुनार सुशील कार्की नेतृत्वको टिमबाट श्रममन्त्री बन्ने भएका छन्। सुनारले विगत दुई दशकदेखि दलित समुदायका समस्या, रोजगारको अभाव, र सामाजिक विभेदका विषयमा निरन्तर अभियान चलाउँदै आएका छन्। उनी विभिन्न सामाजिक संस्था र नागरिक अभियन्ता सञ्जालसँग आबद्ध रहँदै आएका छन्। स्रोतका अनुसार सुशील कार्की […]

नुवाकोट । नुवाकोट। बेलकोटगढी नगरपालिका–४ का स्थानीय युवाहरूले सडकको दयनीय अवस्थाको विरोध गर्दै व्यङ्ग्यात्मक शैलीमा सामाजिक सञ्जाल मार्फत बिरोध गरेका छन्। सडकमा ठूला–ठूला खाल्टाखुल्टी पानी भरिएकाले गाडी गुड्न नसक्ने अवस्थामा पुगेपछि उनीहरूले सडकलाई “नर (सिँचाइ नहर)” बनाइएको भन्दै विरोध गरेका हुन्। युवाहरूले सडकमा पानीका खाल्टाखुल्टी खन्दै व्यङ्ग्य गर्दै भने, “अब यो बाटो खेतबारीमा पानी लगाउनकै […]

काठमाडौं, असोज ८ । काठमाडौंको माइतिघर मण्डलामा जेनेजी समूहका प्रदर्शनकारीहरू धर्ना सुरु गर्न नपाउँदै प्रहरीले नियन्त्रणमा लिएको छ। विभिन्न मागसहित शान्तिपूर्ण धर्नाको तयारीमा रहेका प्रदर्शनकारीहरूलाई प्रहरीले बिहानै धरपकड गरेको हो। घटनास्थलमा प्रहरीहरु परिचालन गरिएको थियो। प्रहरीका अनुसार माइतिघर मण्डलामा अनुमति बिना सभा–प्रदर्शन गर्न खोजेकाले उनीहरूलाई नियन्त्रणमा लिइएको हो। तर, प्रदर्शनकारीहरूले भने आफूहरू शान्तिपूर्ण रूपमा आफ्ना […]

काठमाडौं । तिहारको अवसरमा एक हृदयस्पर्शी दृश्य देखिएको छ । आफ्नै प्रहरी बिटमा कार्यरत प्रहरी दिदिले आफ्ना सहकर्मी भाइहरूलाई टीका लगाउँदै भाइटीका पर्व मनाएकी छिन् । कर्तव्य निर्वाहका क्रममा परिवारदेखि टाढा रहेका प्रहरीहरूलाई यो अवसरमा आफ्नै सहकर्मी दिदिबाट टीका पाउने मौका मिल्दा वातावरण निकै भावनात्मक बनेको थियो । भाइटीकाको रंगीन माहोलसँगै सबैले एकअर्काप्रति माया, सम्मान […]

काठमाडौं । तिहारको रात, काठमाडौंका गल्ली–गल्लीमा बत्ती र रौनकको झिलमिल छाएको थियो । तर त्यो बेला एक प्रहरी अधिकारी भने राजधानीका सडकमा निरन्तर गस्ती गरिरहेका थिए — काठमाडौं उपत्यकाका प्रहरी प्रमुख एसएसपी रमेश थापा । थापा तिहारको उत्सवमा रमाउन होइन, जनताको शान्ति र सुरक्षाको जिम्मेवारी पूरा गर्न रातभर सडकमा खटिएका थिए । उनले राजधानीका मुख्य […]