काठमाडौँ, कात्तिक १४ । हिजोदेखि निरन्तर परिरहेको अविरल वर्षाले काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा जनजीवन प्रभावित भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको अरब सागर क्षेत्रमा विकसित चक्रवात ‘मन्था’ (Cyclone Montha) को असर नेपालमा पनि देखिन थालेको हो। सोहि कारण देशका अधिकांश भागमा वर्षा भइरहेको छ भने उच्च हिमाली क्षेत्रमा हिमपात समेत भएको छ। […]
काठमाडौं । प्रधानमन्त्रीद्वारा बोलाइएको संयुक्त बैठकमा समावेश नगरिएको भन्दै मुस्लिम जेनजी नेपालले असन्तुष्टि जनाएको छ। संगठनले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफूहरूलाई छलफलमा सहभागी नगरिनु पक्षपातपूर्ण र आन्दोलनको मर्मविपरीत भएको जनाएको हो। विज्ञप्तिमा भनिएको छ,“जेनजी आन्दोलनको मतादेशअनुसार मुलुकले सर्वमान्य नयाँ सरकार पाएको छ, तर पछिल्ला दिनमा जेन–जी शीर्षकमा भइरहेको राष्ट्रिय तहको छलफल र परामर्श […]
काठमाडौं । बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशीविरुद्ध दायर सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दाको सुनुवाइ आज उच्च अदालत दाङ, बुटवल इजलासमा हुँदैछ। उक्त मुद्दाको सुनुवाइ न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको संयुक्त इजलासमा हुने भएको छ। यसअघि अदालतले दुवै प्रतिवादीको मुद्दा एउटै प्रकृतिको ठहर गर्दै […]
नुवाकोट । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि प्रयोग हुँदै आएको नुवाकोटको बन्चरेडाँडामा फेरि फोहोर ल्याउने काम रोकिएको छ । लगातारको फोहोरको थुप्रो र दुर्गन्धका कारण स्थानीयवासी आक्रोशित बनेका छन् । स्थानीय बासिन्दाहरूले काठमाडौंका जनताका लागि सफा सहर बनाउने नाममा बन्चरेडाँडालाई फोहोरको थलो बनाइएकामा असन्तुष्टि जनाएका छन्। उनीहरू भन्छन्, “काठमाडौंका मान्छेहरूलाई त सफा ठाउँ चाहिन्छ, तर […]
नुवाकोट । NRD Entertainment काे आयाेजनामा हुने “Miss & Mrs. Nuwakot 2025” काे लागि आवेदन फाराम खुला भएको छ। आयोजक संस्थाका अनुसार प्रतियोगिताको दोस्रो संस्करणका रूपमा यस वर्षका लागि आवेदन प्रक्रिया सुरु गरिएको हो। गत वर्ष नुवाकोटको विदुरमा सम्पन्न “Miss & Mrs. Nuwakot 2024” सफलतापूर्वक सम्पन्न भएपछि यस वर्षकाे संस्करण अझ उत्साहजनक र व्यवस्थित रूपमा […]
सोलुखुम्बु । सोलुको लुक्लाबाट बिहीबार बिहान ७:४३ बजे लोबुचेतर्फ उडेको अल्टिट्युड एयरको 9N-AMS नम्बरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा हेलिकप्टरका पाइलट क्याप्टेन विवेक खड्का सकुशल रहेको बताइएको छ। हेलिकप्टरमा अन्य कुनै यात्रु नरहेका कारण मानवीय क्षति हुन पाएन। प्रारम्भिक जानकारी अनुसार, मौसमीय कारण र प्राविधिक समस्या बीचको कारणले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ। […]
काठमाडौं। जेनजी आन्दोलनको २३ र २४ गतेका घटनामा संलग्न रहेका भन्दै प्रहरीले हाल विद्यार्थी र युवाहरूलाई खोजी गरी पक्राउ गर्न थालेको छ। आन्दोलनका क्रममा सरकारी संरचना जलाउने र प्रहरीमाथि आक्रमण गरेको अभियोगमा देशका विभिन्न स्थानबाट युवाहरू पक्राउ गर्न लागेका छन्। तर यही विषयमा बुद्धिजीवी, सामाजिक अभियन्ता र विद्यार्थी संगठनहरूले गम्भीर प्रश्न उठाएका छन्। उनीहरू भन्छन्। […]
काठमाडौँ । सरकारले भ्रष्टाचारको अभियोग लागेकाहरूलाई उपलब्ध गराइएका सरकारी सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेका व्यक्तिहरूलाई दिइँदै आएका सुरक्षाकर्मी खटाइ फिर्ता गर्ने निर्णय गरेको हो। यो निर्णय विशेषगरी हालै पतञ्जलीको जग्गा प्रकरणमा विशेष अदालतमा मुद्धा दर्ता भएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतका व्यक्तिलाई लक्षित भएको बताइन्छ। […]
काठमाडौँ । स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी सांसद आरजु राणा देउवा सिंगापुर एयरपोर्टमा व्हिलचेयरमा बाहिर निस्किएको दृश्य सार्वजनिक भएको छ। देउवा दम्पती नेपालबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सिंगापुरतर्फ सकुशल हिँडेका थिए। सिंगापुर पुगेपछि उनीहरूलाई विमानस्थलको आगमन कक्षबाट व्हिलचेयरमा बाहिर ल्याइएको देखिएको हो। स्रोतका अनुसार देउवा […]
मुस्ताङ । जिल्लाको उच्च हिमाली क्षेत्रसहित मुक्तिनाथ क्षेत्रमा वर्षासँगै हिमपात भएको छ। मंगलबार रातिदेखि निरन्तर परेको वर्षा र हिउँका कारण उपल्लो मुस्ताङको जनजीवन प्रभावित बनेको छ। हिमपातका कारण जोमसोम, मुक्तिनाथ, कागबेनी, छोरोसार, छोन्गुरलगायत क्षेत्र सेताम्मे बनेका छन्। स्थानीयहरूका अनुसार बिहानैदेखि बाक्लो हिउँ परेपछि दैनिक गतिविधि ठप्पजस्तै बनेको छ। यात्रुहरू पनि जोमसोम–मुक्तिनाथ खण्डमा अलपत्र परेका छन्। […]











